काठमाडौं, ११ माघ – आफूसँग भएको सहमतिविपरीत सरकारले चिकित्सा विधेयक संसदबाट पारित भएपछि सत्याग्रही प्रा.डा. गोविन्द केसीले पत्रकार सम्मेलन गर्ने भएका छन्।
डा. केसीले शुक्रबार साँझ ५ बजे त्रिवि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।
१५औं अनशनका क्रममा सरकार र केसीबीच भएको सहमतिअनुसार हुबहु चिकित्सा विधेयक पास हुनुपर्ने मागसहित डा. केसी १७ दिनदेखि आमरण अनशनमा बसिरहेका छन्।
शुक्रबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधका बावजुद पनि सत्तारुढ नेकपाको बहुमतको बलमा विधेयक बहुमतले पारित गरिएको छ।