काठमाडौं– आजभोली मानिसलाई राति अबेर सम्म निन्द्रा नलागेर समस्यामा भइरहेको छ। यसरी निन्द्रा नलाग्नुको पछाडि भने कुनै शारीरिक काम वा थकानभन्दा पनि मानिसहरुको सुत्ने समयमा मोबाइल बढि चलाउने, प्राबिधिक कुराहरुमा ध्यान गएको, मानिसको चासोका कारण अधिकाशं मानिस समयमा निदाउन सक्दैनन्।
यसरी अबेर रातिसम्म ननिदाउँदा मानिसमा केही रोग तथा शारीरिक समस्याहरु देखा पर्न थालेका छन्। जसका कारण समयमा नसुतेकै कारण निम्तने रोगको उपचारमा ठूलो खर्च गर्नुपर्ने बाध्यता आइलाग्ने गरेको पाइन्छ। यसरी अबेरसम्म निदाउँन नसक्नेहरुका लागि केहि टिप्सहरु छन्। जसले समयमा निदाउँन मद्दत गदर्छ।
– बिहान मर्निङ वाकमा जादाँ हल्काफुल्का शारीरिक ब्यायाम तथा योग गर्ने, बानी बसेको दैनिकीभन्दा २ घण्टा अगाडि उठ्ने र बिहान मर्निङ वाकमा जाने।
– समयअनुकुल अनुसार विहानको खाजा र खाना १ घण्टा चाडै खाने, दिउँसोको खाजा २ बजेभन्दा अगाडि नै खाने र, बेलुकी ७ बजे खाना खाएपछि केही नखाने।
– दिउँसो सुत्ने बानी छ भने त्यसलाई हटाउँने र कुनै पनि अवस्थामा दिउँसो नसुत्ने, करिब ८ बजेको आसपासमा सुत्ने तयारीका साथ निदाउँने प्रयास गर्ने।
– सुत्दा कोठामा सकेसम्म बत्ति नबाल्ने बाल्नै परे मधुरो बत्ति बाहेक उज्यालो बत्ति नबाल्ने, सुत्दा कोल्टे फर्केर खुट्टालाई अंग्रजी फोर (४) अक्षरको आसन बनाई सुत्ने।
– सकेसम्म बेलुकीको खानामा माछामासु, चिल्लो, पिरो, मसलेदार खाना नखाने, यदि निन्द्रा नपरेमा मधुरो आवाजमा रुची अनुसारको संगीत पनि सुन्न सकिन्छ।