काठमाडौँ, ११ माघ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अवरोधका बीच सत्याग्रही डा. गोविन्द केसीको माग विपरीत प्रतिनिधिसभा संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ।
नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीचमा सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक टेबल गर्न अनुमति दिएका थिए। कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेपनि मर्यादापालकले घेरेर रोष्टमसम्म पुर्याएका थिए।
लगतै विधेयकमाथि छलफल गर्न समय दिए। तर, कसैले पनि भाग लिएनन्। चिकित्सा शिक्षा विधेयकमा १५औँ पटकको आमरण अनशनमा भएको सम्झौतालाई हटाइएपछि डा. केसी १६औँ सत्याग्रहमा छन्। उनको अनशनको १७औँ दिन सरकारले दुईतिहाइको बलमा चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।