काठमाडौं– चिकित्सकहरुका अनुसार रगत समूह अनुरुप खानपानमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ। मानिसहरूको रगत समूह अनुसार उसको चालचलन र आनीबानीबारे थाहा पाउन सकिन्छ। रगत समूह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ कुन रगत समूह भएकाहरुले के खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने विषयमा जानकारी प्रस्तुत गरिएको छ।
गुरुप ए– यो समूहको रगत भएकाहरूले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन, सिमी वा द्विदलीय खाना खानु राम्रो मानिन्छ। दूध र यसबाट बनेका परिकार, भात र आँटा कम गर्दा राम्रो हुन्छ। तर, दही र सोया मिल्क खानु राम्रो मानिन्छ। कुखुरा र खसीको मासु यो रक्त समूहका मानिसले कम खानु राम्रो हुन्छ।
गुरुप बी– यो रक्त समूह भएकाको पाचन शक्ति राम्रो हुन्छ। यो समूहको रगत भएकाहरूले सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै राम्रो हुन्छ।
गुरुप एबी– यो कम मान्छेमा पाइने ग्रुप हो। यो ग्रुप भएका मान्छेले बढी सावधान रहनुपर्छ। फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ। त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ। त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन।
गुरुप ओ– यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो हुन्छ। जस्तै, दाल, मासु, माछा, फलफुल राम्रो हुन्छ। त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो हुन्छ।