काठमाडौं– मौसम परिवर्तनसँगै विस्तारै जाडो सुरुहुन थालेको छ। विहान–बेलुका चिसो हावा र दिनमा घामको राप पनि प्यारो भएको अनुभव हुन थालेको छ। अब जाडोयाम लागिसकेको छ। मौसम फेरबदलका कारण हाम्रो जीवनशैलीमा पनि विभिन्न असरहरु उत्पन्न हुन् थाल्छन्।
गर्मी भएको समयमा एक गिलास चिसो पानी पिउने इच्छा र चाहाना सबैमा हुन्छ। गर्मीमा चिसो पानी पिउँदा शरीरको गर्मी कम हुनुको साथै थकान पनि टाढा हुन्छ। तर अब मौसम चिसिन थालेको छ। यो मौसममा तपाईंले चिसो पानी पिउनु भयो भने हानी र्पुयाउन सक्छ।
मौसम परिवर्तन हुँदा हामीले धेरै कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ। मौसमको परिवर्तनसँगै संक्रमण पनि बढ्न थाल्छ। यस्तो मौसममा रुघा–खोकी र भाइरल ज्वरो जस्ता विभिन्न किसिमका समस्याहरु हुने सम्भावना हुन्छ। यस्तो स्थितिमा चिसो पानीको सेवनले नकारात्मक प्रभाव पारिरहेको हुन्छ। मौसम परिवर्तन हुँदा चिसो पानी पिउनु स्वास्थ्यका लागि अति नै हानीकारक हुन्छ।
जाडोयाममा चिसो पानी पिउँदा घाँटीको समस्याका साथ–साथै विभिन्न किसिमका स्वास्थ्य समस्याहरु हुन सक्छन्। त्यसैले जाडोयाममा चिसो पानीभन्दा मनतातो पानी पिउनु नै उपयुक्त हुन्छ। जाडोयाममा संक्रमण तीव्र गतिमा हुने भएकाले पनि हामी सतर्क हुन आवश्यक छ। आज हामी चिसो पानी सेवन गर्दा के–के नोक्सान हुन्छ भन्ने बारेमा जानकारी लिएर आएका छौं।
श्वास–प्रश्वाससम्बन्धी समस्याहरुः
यदि तपाईं नियमित रुपले आइस हालेर पानी चिसो बनाएर पिउनु हुन्छ भने तपाईलाई श्वास प्रश्वाससम्बन्धी समस्याहरुको सामना गर्नु पर्ने हुन्छ, जसले तपाईको नाक अवरुद्ध हुन सक्छ। यसबाहेक श्वास प्रश्वाससम्बन्धी विभिन्न समस्याहरु उत्पन्न हुन्छ, जसका कारण तपाईं अस्पताल नै जानु पर्ने पनि हुन सक्छ।
यस्तो स्थितिमा यदि तपाईंले सुप जस्तो कुनै पनि प्रकारको तातो कुरा सेवन गर्नु भयो भने तपाईंको श्वास मार्ग खुल्छ र तपाईंलाई आराम भएको अनुभव हुन्छ। तर यदि तपाईंले जाडोयाममा पनि तातो कुराको सेवन नगरेर चिसो पदार्थ नै नियमित रुपमा पिउनु हुन्छ भने तपाईको स्वास्थ्यमा समस्या आउन सक्छ।
मुटुको धड्कन पनि कम गर्छः
जब तपाईं फ्रिजको चिसो पानी पिउनु हुन्छ, त्यसले तपाईको भेगस नर्भ उत्तेजित हुन्छ। जब भेगस नर्भ उत्तेजित र अत्याधिक सक्रिय हुन्छ, तब यसले तपाईंको मुटुको धड्कनलाई तीव्र गतिमा चलाउन थाल्छ, जुन तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन सक्छ।
माइग्रेनबाट हुने पीडा बढाउँछः
यदि तपाईंलाई माइग्रेन अथवा साइनस (पिनास) को समस्या छ भने नियमित रुपले चिसो पानी पिउनु हुँदैन। वास्तवमा तपाईंलाई यी समस्याहरु छन् भने एक महिनामा एकपटक मात्र पनि चिसो पानी पिउनु भयो भने तपाईंलाई यसले नोक्सान र्पुयाउन सक्छ। जब तपाईं चिसो पानी पिउनु हुन्छ, त्यसले तपाईंको नाक र श्वासमार्ग दुवैलाई अवरुद्ध गरिदिन्छ । जसका कारण माइग्रेनमा हुने पीडा उत्पन्न हुन थाल्छ।
पोषक तत्वको कामलाई रोक्छः
विशेष गरेर मानव शरीरको तापमान ३७ डिग्री हुन्छ। त्यसैले जब तपाईं यो तापमानभन्दा कम तापमान भएको पानी पिउनु हुन्छ। तपाईंको शरीरलाई यो तापमानलाई नियन्त्रित गर्नको लागि धेरै ऊर्जाको आवश्यकता पर्छ।
यसबाहेक यदि तपाईं कुनै पनि खानासँग चिसो पानी पिउनु हुन्छ भने तपाईंको शरीर पानीलाई नियन्त्रित गर्ने दिशातिर काम गर्न थाल्छ। जसका कारण तपाईंको शरीरले पोषक तत्वहरुमा काम गर्न सक्दैन। किनभने तपाईंको शरीरले पानीलाई नियमित गर्नको लागि आफ्नो सम्पूर्ण ऊर्जा त्यसमा लगाइदिन्छ।