काठमाडौं– एक व्यक्तिले दैनिक कति नुन खानु शरीरका लागि उपयुक्त हुन्छ, तपाईलाई थाहा छ ? नुन कम वा बढी प्रयोग गर्दा शरीरलाई नकारात्मक असर पर्छ। त्यसैले एक ब्यक्तिले एकदिनमा ५ देखि ६ ग्राम नुन खानु फाईदाजनक हुन्छ।
नुन कम खाँदा हुने समस्या– रक्तचाप कम हुने, खुट्टा बाउडिने, रिगंटा लाग्ने, एकाग्रता नहुने, थकाइ बढि लाग्ने, डिहाईड्रेसन हुने।
नुन बढी खाएमा हुने समस्या– रक्तचाप र मुटुरोगको जोखिम, हड्डी मक्किने, पाचन प्रक्रियामा असर पर्ने, हर्मोनमा गडबढी हुने, स्वासप्रस्वासमा समस्या हुने, पानी प्यास लाग्ने, जिउ तथा खुट्टा सुन्निने हुन्छ।