काठमाडौं– ग्रीन टी मानिसको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अरु चियाले स्वास्थ्यमा असर र्पुयाए पनि ग्रीन टी मानव स्वास्थ्यका लागि औषधि हुने चिकित्सकहरु बताउँछन्।
ग्रीन टीले मुखको क्यान्सरविरुद्ध लड्नमा मुख्य भूमिका हुने देखाएको छ। पेन्सिलभेनिया स्टेट यूनिभर्सिटीका खाद्य वैज्ञानिकहरूले ग्रीन टीमा यस्तो एक तत्व हुने जसले क्यान्सरग्रस्त कोशिकाहरू मार्ने देखिएको बताएका छन।
वैज्ञानिकका अनुसार यस शोधले मुखको क्यान्सरको साथसाथै अन्य क्यासरका लागि पनि नयाँ बाटो खुल्नसक्ने सम्भावना बढेको बताएका थिए। ग्रीन टीमा पाइने एपिग्लोकेटचिन–३ ले क्यान्सरग्रस्त कोशिकाहरू मार्ने क्षमता राख्ने वैज्ञानिकको दाबी छ।
सहायक प्रोफेसर जोशआ ल्याबर्टका अनुसार यो कुरा पत्ता लागेको छ कि ग्रीन टीमा पाउन सकिने एक तत्वले स्वस्थ कोशिकाहरू छाडेर केवल क्यान्सरग्रस्त कोशिकाहरू मार्ने गर्दछ।