काठमाण्डौ–अफिस तथा आफूले गर्ने कुनै पनि कामको चाप हुनुलाई सामान्य नै मानिने गरिन्छ। तर, कामको चापले धेरै तनाव दिन थालेको छ भने त्यसलाई ‘बर्न आउट’ भन्ने गरिन्छ। दिनहुँ कामका कारणले हुने तनाव अर्थात् बर्न आउटले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खतरनाक बन्न सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘बर्न आउट’ लाई एउटा नयाँ रोग मानेको छ। यो रोगमा व्यक्ति कामले गर्दा छिट्टै थाकेको अनुभव गर्दछ।
‘बर्न आउट’ एउटा यस्तो रोग हो जसले अफिसमा बढी काम गर्नाले हुने तनाव तथा स्ट्रेसले गर्दा पैदा हुन्छ। २०१९ नेशनल फिजिसियन बर्न आउट, डिप्रेसन र आत्महत्याको रिपोर्टका अनुसार ४४. ५ मानिसहरुले बर्न आउटको अनुभव गरिसकेका छन्।
छिट्टै थाक्ने, सुतेर उठ्दा पनि थाकेको अनुभव गर्नु, काम गर्न उर्जा कम हुनु, निन्द्रा लागिरहनु, टाउको तथा पेट दुख्ने, एउटै जागिरमा लामो समयसम्म रहनाले हुने तनाव, कार्य स्थलमा नकारात्मक अनुभव गर्नु, प्रोफेसन रुपमा आफनो क्षमता कम हुँदै गएको अनुभव गर्नु बर्न आउटका लक्षणहरू हुन्।
त्यस्तै, निन्द्रा कम लाग्नु, जतिखेर पनि थकाइ अनुभव हुनु, बढी कामको दबाबको कारण आफन्तसँग टाढिनु, हरेक कुरामा रिस उठ्नु, छिट्टै रिसाउनु, झर्किनुलगायतका पनि रहेका छन्। डव्लुएचओको सूचीमा सामेल हुनाले अब यस रोगको उपचारसमेत गर्न ब्यवस्था मिलाएको छ।