काठमाडौँ, ११ माघ – चिकित्सा शिक्षा विधेयकमा प्रा.डा. गोविन्द केसीका माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले प्रदर्शनमा उत्रिएका विवेकशील नेपाली दलका संयोजक उज्वल थापासहित २५ जनालाई प्रहरीले अपराान्ह १२ बजे पक्राउ गरेको छ।
संयोजक थापासहित केन्द्रीय सदस्यहरु सुजन श्रेष्ठ, छिरिङ तामाङ, अमृत बिष्ट, बिनुकुमार बराल, पुकार बम, सोनाम ठिमी, सुजन अधिकारी, शिशिर राई, दिनेश प्रसाई, पुरुसोत्तम ढुंगेल, अम्बिका कार्की, अजिता राई, ज्ञानप्रसाद पौड्याल, मिलन पाण्डे, रामजी पन्त, समून्द्र कार्की, शशीविक्रम कार्की लगायत २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैलाई नेपाल पुलिस क्लबमा राखिएको छ। डा. केसीसँग भएको सम्झौता अनुसारै चिकित्सा शिक्षा विधेयक पारित गर्न उनीहरुको माग छ।
सरकार आफूले गरेको सम्झौता पालना गर्न तथा जनताले सरकारसँग गरेको सम्झौता तोड्ने अवस्था नआओस् भन्दै उनीहरु केपी ओली नेतृत्वको सरकालाई सचेत गराएका छन्।
शुक्रबारको संसद बैठकमा केसीसँग भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पेश हुँदैछ।
