काठमाडौं– आजभोली अधिकाशं मानिसहरु कम्मर दुखाईका कारण निकै असहज जिवनयापन गर्न बाध्य हुने गरेका छन्।कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो त्यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ। त्यसैले कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ।
किन दुख्छ– यसरी कम्मर दुख्नुको मुख्य कारण भनेको मानिसको अब्यवस्थित जीवनशैली र खानपान नै हो। सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरिएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा लगायतका कारणले कम्मर दुख्ने गर्दछ।
यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ। यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायाँ भागमा दुख्ने हुन्छ, कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्राहो समेत हुन्छ।
कसरी कम गर्ने– कम्मर दुखाई हुन नदिन उचित आहार तथा जीवनशैली व्यवस्थित हुनुपर्छ, सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ।