काठमाडौं– पसिना आउनु स्वभाविक प्रकृया हो, यसले शरीरबाट विकार निकाली शरीर शितल बनाउने तथा स्फुर्त राख्ने गर्दछ।
शारीरिक अभ्यास गर्दा होस् वा शरीरलाई बल पर्दा अथवा चर्को घाममा बस्दा पनि पसिना आउने गर्दछ। तर कतिपयको पसिना भने निकै गनाउने हुन्छ। यसले उनिहरुलाई कतिपय स्थानमा लज्जित समेत बनाउछ, यदि तपाईको पनि पसिना गनाउने समस्या छ भने खानपिनमा ध्यान दिए वा निम्न कुरालाई पालना गरे पसिना गनाउने समस्या हट्दछ।
जाँड सेवन गर्नेहरुमा पसिना गनाउने समस्या हुन्छ, यसले पुरै शरीर गनाउने बनाउछ, सल्फर युक्त लसुन, प्याज लगायतका सामाग्रि नखानुहा। यसले पसिना गनाउछ। चुईगममा हुने चिनी र कार्बोहाइड्रेटले जिभ्रोमा पत्र बनाउँछ, जसले मुख गनाउने गर्दछ, सकेसम्म ब्रोकाउली, बन्दाकोबि तथा फुलकोबि नखानुहोस्, यसले पनि पसिना गनाउछ।
धेरै पसिना गनाउने समस्या भएकाले खाजामा फलफूल खाए समेत यो समस्या हटेर जान्छ, पसिना गनाउने समस्या छ भने प्रसस्त मात्रामा पानि पिउने गर्नु पर्दछ, मसला, चिल्लोयुक्त खाद्य सामाग्रीको परहेज गरेमा पनि पसिना गनाउने समस्या हटेर जान्छ।