काठमाडौं– हाम्रो शरीरको छाला प्राकृतिक रुपले जति धेरै मोस्चराइज्ड हुन्छ, त्यति नै बढी स्वस्थकर भईरहन्छ। ती एन्टि–अक्सिडेन्ट्सहरुले छालाको लचिलोपनलाई समेत बढाउँछ। जसले छाला नरम हुन्छ। छालाको साथ–साथै तिनीहरु आँखाको स्वास्थका लागि पनि फाइदाजनक हुन्छ।
एन्टि–अक्सिडेन्ट छालाको लागि फाइदाजनक हुन्छ भन्ने कुरा प्रायः सबैलाई जानकारी भएकै कुरा हो। तर, के तपाईंलाई थाहा छ ? दुई विशेष एन्टि–अक्सिडेन्टले तपाईंको छालालाई चम्किलो बनाउन सक्छ।
प्राकृतिक चमक पाउनका लागि हाइलाइटरको साटो यी दुई एन्टि–अक्सिडेन्टहरुलाई आफ्नो खानामा समावेश गर्नुपर्छ। छालालाई चमक दिनुका साथै यसले छालालाई सुरक्षित राख्ने क्षमतामा समेत वृद्धि गर्दछ।
सौन्दर्य विशेषज्ञहरुका अनुसार लुटिन तथा जिएजेन्थिन नामक एन्टि–अक्सिडेन्टहरुलाई आफ्नो खानामा समावेश गर्नुपर्दछ। लूटिन तथा जिएजेन्थिन नामक एन्टि–अक्सिडेन्टले हाम्रो छालालाई भित्रैबाट चम्किलो बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
यसको अक्सिडेशन गुणले छालामा आकर्षण कायम भईरहनुका साथै तिनलाई सुरक्षा पनि प्रदान गर्दछ। यी एन्टि–अक्सिडेन्टहरुले छालालाई नरम बनाउन सक्ने क्षमतालाई समेत बढाउँछ र एन्टि–एजिङ प्रभाव समेत विद्यमान रहन्छ।
कुन खानेकुरामा कति एन्टि–अक्सिडेन्टः
ती एन्टि–अक्सिडेन्टहरु ब्रोकाउली, पालुङ्गो तथा अन्य हरिया सागपातहरुमा प्रशस्त मात्रामा पाउन सकिन्छ । अण्डा तथा रातो खुर्सानी समेत यसका राम्रा स्रोतहरु मानिन्छन्।
हरियो केराऊ, सस्र्यँँको साग तथा मकै जस्ता मौसमी खाद्य पदार्थमा पनि लुटिन तथा जिएजेन्थिन पाउन सकिन्छ। बजारमा यिनीहरुको विकल्प समेत पाउन सकिन्छ। तपाईंले चाहनुभयो भने हप्तामा एक वा दुईपटक हरिया सागपातको जुस पनि पिउन सक्नुहुनेछ।