एजेन्सी– महिलाले गर्भवती अवस्थामा स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ। किनकी सन्तानका लागि पनि यो महत्वपूर्ण छ। त्यसकारण स्वास्थ्यको ख्याल गर्न सिकयो भने, विभिन्न खालका स्वास्थ्य सम्बन्धी समस्याबाट बच्न सकिन्छ। खानपान, आराम, सुताई जीवनशैली आदीले स्वास्थ्य राम्रो बनाउन र बिगार्न भूमिका खेल्छ।
खानपान, सुताइ, आराम, व्याम आदीबारे जानकारी राख्न आवश्यक हुन्छ र पेटमा रहेको बच्चालाई पनि सहज हुने गरि व्यवहारहरु गर्नु पर्ने हुन्छ। हामीले यहाँ गर्भवती अवस्थामा सही तरिकाले कसरी सुत्ने विषयमा चर्चा गर्ने प्रयास गरेका छौं।
– देब्रेतर्फ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ। अनि गोडा र घुँडालाई बंग्याउनुस् र गोडाको बीचमा एउटा सिरानी राख्नुस्।
– ढाडमा पल्टेर नसुत्नुस्। उत्तानो परेर सुत्दा श्वासप्रश्वास, पाचन, कम रक्तचाप र ढाड दुख्ने समस्या आउँछ।
उत्तानो पोजिसनमा सुत्दाखेरी तपाईंको बच्चाको पूरै तौल तपाईंको आन्द्रा र प्रमुख रक्तनलीमा पर्छ। यसले गर्दा घुर्न पनि सकिन्छ। त्यसैले पटक्कै उत्तानो नसुत्नुस्।
अनि राति सुत्नुअघि केही पनि खाने पिउने नगर्नुस्। कफी जस्ता कुरा त पटक्कै नपिउनुस्। सधैं एउटै समयमा सुत्ने र उठ्ने गर्नुस्। यसले गर्दा राम्रो निद्रा पाउनुहुन्छ भने बच्चाको स्वास्थ पनि राम्रो हुन्छ।