काठमाडौं– सोयाविनको सही प्रयोगले हामीहरुको कपालको मजबुती र चमकदार बनाउन पनि मद्दत गर्छ। सन्तुलित मात्रामा यसको प्रयोग गर्दा कपालमा तल उल्लेख गरिएको फाइदा हुने गर्दछ। यसमा हुने प्रोटिनको कारण हामीहरुमा बाक्लो र चम्किलो कपाल बनाई राख्न मद्दत गर्छ। त्यस्तै, सोयाविनको सही प्रयोगले अनुहारमा दाग धब्बाहरु आउने समस्या पनि देखिँदैन।
सोयाविनलाई केही समय पानीमा भिजाएर कुट्नुपर्छ।
त्यो कुटेको सोयाविनलाई २० मिनेटसम्म अनुहारमा टाँसेर अनुहार धुनुपर्दछ। त्यसबाट अनुहारमा दाग धब्बा आउने समस्याको समाधान हुन्छ। यस बाहेक सोयाविनको सही प्रयोगले कमजोरीको अन्त्य गर्दै शरीरमा उर्जा भर्न एवं नङलाई समेत मजबुत गराउने गर्छ। सोयाविनमा कैयौं प्रकारका स्वास्थ्य समस्याको उपचार लुकेको छ। साथमा यसैमा कैयौं प्रकारको रोग बढाउने तत्व पनि हुन्छ। त्यसैले यसको सही प्रयोग गर्दा फाइदाजनक छ भने गलत प्रयोगले थप समस्या पनि सिर्जना हुन सक्छ। सोयाविन प्रोटिनको लागि महत्वपूर्ण स्रोत हो।
यसमा मिनेरल्सको अलावा, भिटामिन बी कम्प्लेक्स र भिटामिन एको भरपुर मात्रा पाइन्छ। त्यसैले आम मानिसका साथसाथै जीम गर्ने र गराउने मानिस समेत प्रोटिनको लागि सोयाविनको प्रयोग गर्ने गर्छन्। तरकारी एवं खाजाको रुपमा वा अन्य विभिन्न किसिमले यसको प्रयोग गर्न सकिन्छ।
– सोयाविनमा प्रोटिनका अलावा फाईबर, मिनेरल्स र फाईटोएस्ट्रोजन्स हुन्छ । यसका अलावा यसमा स्याचुरिएटेड फ्याटको मात्रा पनि कम हुन्छ। यसमा न त कोलेस्ट्रोल हुन्छ, न त ल्याक्टोज नै। यस कारणले सोयाविन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। सोयाविनमा आईरन, म्यागनिज, कपर, पोटासियम, जिंक र सेलेनियम समेत प्रचुर मात्रामा पाइन्छ।
– सोयाविनले सस्थ्यकर वजन प्राप्ती र वजन घटाउनको लागि समेत मद्दत र्पुयाउँछ। त्यसैले यसलाई सीमित मात्रामा खानु पर्छ। सोयाविनमा प्रोटिन प्रचु मात्रामा हुन्छ। यसका कारण यसको प्रयोग शरीरको वजन घटाउन चाहनेहरुले धेरै गर्नसक्छन्।
– सोयाविन मधुमेह र मुटु सम्बन्धी रोगलाई रोकथामको लागि समेत फाइदाजनक हुने गर्दछ। यसमा रहेको असन्तृप्त चिल्लो पदार्थले खराब कोलेस्ट्रोलको स्तर कम गर्नमा मद्दत गर्नुका साथै यसबाट मुटु सम्बन्धी खतरा समेत कम हुने गर्छ।
– यसका अलावा सोयाविनले कैयौं प्रकारको क्यान्सरबाट बचाउन पनि मद्दत गर्छ। अमेरिकाको क्यान्सर रिसर्च इन्स्टिच्यूटको एक अध्ययनले सोयाविनमा रहेको फाईबर कोलोरेक्टल र कोलोनले क्यान्सरको जोखिमलाई कम गर्ने पत्ता लगाएको छ।
– सोयाविन हड्डीहरुको मजबुतीको लागि एकदमै जरुरी हुन्छ। प्रायः महिलाहरुको घुँडा र कम्मरको दुखाइलाई कम गर्नको लागि यो महत्वपूर्ण मान्ने गरिन्छ। यस्तो समस्या कमजोर हड्डीहरु वा नशामा पर्ने दबाबको कारणले हुने गर्दछ। सोयाविनमा भिटामिन, मिनेरलका अलावा क्याल्सियम, म्याग्नेसियम र कपर कपर जस्ता पोषक तत्व हुन्छ। यसकारण यसले हड्डीहरुलाई मजबुत गराउनको लागि मद्दत गर्छ।
– सोयाविनले जन्मजात रोगहरुबाट समेत उन्मुक्ति दिने चिकित्सकहरुको दाबी छ। यसमा रहेको भिटामिन बी कम्प्लेक्स र फलिक एसिड गर्भवती महिलाको लागि फाइदाजनक हुन्छ। साथै यसले भ्रूणको मानसिक विकासमा समेत मद्दत र्पुयाउने गर्छ । त्यसैले सोयाविन सीमित मात्रामा मात्रै खानुपर्छ।
सोयाविनको नोक्सानी-
धेरै फाइदा हुँदा–हुँदै पनि सोयाविनको केही नोक्सानी पनि छ। सोयाविनबाट केही कुराको एलर्जी हुनसक्छ। सोयाविनमा एक किसिमको कम्पाउण्ड हुन्छ। जसले फिमेल हर्माेन एस्ट्रोजनको नक्कल गर्ने गर्छ। यसबाट महिलाहरुमा हर्माेन सम्बन्धी गडबडी हुनसक्छ। पुरुषहरुमा यसको अत्यधिक सेवनले नपुंसकता तथा स्पर्म काउन्टमा कमी आउन सक्छ। त्यसैले यसको प्रयोग जो कोहीले पनि सीमित मात्रामा मात्रै गर्नुपर्दछ।