काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य अस्पताल भर्ना भएका छन्।
त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा उनको उपचार भईरहेको छ। शाक्यको सचिवालयको अनुसार बिहीबार अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएकोे छ।
अस्पताल स्रोतले उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको जानकारी दिएको छ। मेयर शाक्यलाई डेंगु पुष्टि भएपछि उपचार शुरु गरिएको अस्पतालले बताएको छ।
यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल, नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि डेंगुबाट संक्रमित भएका थिए। सुनसरीको धरानबाट शुरु भएको डेंगुले महामारीको रुप लिँदै ५६ जिल्लामा फैलिएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रको अनुसार अहिले नियन्त्रणमा आएको छ।