काठमाडौं– केही खानेकुरा यस्ता हुन्छन्, जस्ले कलेजोको रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ। कलेजोको महत्वपूर्ण काम भनेको विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्नु हो। त्यसैले कलेजोलाई सफा राख्न आवश्यक हुन्छ। केही खानेकुरा हुन्छन् जसले कलेजोलाई सफा राख्न सहयोग पुग्छ।
कसरी गर्ने कलेजोको सफाई-
विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ। नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ।
स्याउ– स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ।
लसुन– लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ । यसले गर्दा कलेजो सफा गर्न सहयोग पुग्छ।
दालचिनी– यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।
चुकन्दर– यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ।
बन्दागोभी– बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ।
कागति– कागतिमा साइट्रिक एसिड हुन्छ। कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ।
आलुबखडा– आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट फ्रि रेडकल्सले कलेजोलाई रक्षा गर्छ।
ओखर– ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ।
अदुवा– अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन।
बेसार– बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ।