काठमाडौं– हरेक नेपालीको भान्सामा सबैभन्दा धेरै पाक्ने परिकार आलु, दशैंमा धेरै मानिसहरु मासुजन्य परिकार खाँदा–खाँदा दिक्क लागिरहेको हुनसक्छ, त्यसैले दही आलुको परिकार बनाएर आफू पनि खानुहोस् र अरुलाई पनि खुवाउनुहोस्।
परिवारसँग बसेर खाएर दशैंलाई शानदार बनाउनुहोस्। दशैंमा मासुजन्य परिकारको बढी उपभोग हुने गर्छन्। मासु धेरै खाँदा पनि फाइदा पुग्दैन त्यसैले तपाईले तरकारी र सागपातमा पनि जोड दिन आवश्यक हुन्छ।
आज हामी तपाईलाई दशैंको समयमा आलुको परिकार बनाउने तरिका प्रस्तुत गछौं, जसले गर्दा तपाईले आलुबाट बनेको परिकारको स्वाद लिन सक्नु हुने छ। आलुको परिकारमा पनि आज हामी दही आलुको परिकार बनाउने बारे जानकारी दिन्छौं।
दही आलुको परिकार बनाउनका लागि आवश्यक सामाग्रीः
तेल दुई चम्चा, उमालेको आलु ३५० ग्राम, सस्र्युको तेल एक चम्चा, ससर््युका दना एक चम्चा, हिंग सानो चम्चाको एक चौथाइ, जीरा एक चम्चा, धनियाँ एक चम्चा, बेसार, आवश्यकता अनुसार, नुन, आवश्यकता अनुसार, रातो खुर्सानी, आवश्यकता अनुसार, दही २७० ग्राम।
यति सामानको जोहो गरेपछि तपाई दही आलु बनाउन सुरु गर्न सक्नु हुनेछ। त्यसका लागि तपाईले एक ओभानो भाँडोलाई ग्यास वा आगोमा बसाल्नु होस्। उक्त भाँडोमा दुई चम्चा तेल राख्नुहोस्। तेल खारिएपछि बोक्रा छोडाइएको आलु हाल्नुस् र पाँच मिनेटसम्म पकाउनुस्।
त्यस्तै अर्को एक भाँडामा सर्स्युको तेल, जीरा दाना हालेर भुट्नुस्। अब त्यसमा बेसार, हिंग, नुन र रातो खुर्सानी हालेर मज्जाले मिसाउनुस्। अब यसमा दही हालेर मधुरो आगोमा पाँच मिनेटसम्म पकाउनुस्।
यो पाकेपछि त्यसमा आलु हालेर दुई मिनेट पकाउनुस्। दुई मिनेट पकाएपछि त्यो खानका लागि तयार भयो। अब त्यसमा केही धनियाका पात राखेर मजासँग खानुहोस् र अरुलाई पनि खुवाउनुहोस्। यो परिकार मिठो लागेमा मानिसको संख्या अनुसार सामाग्रीहरु थप गरि बनाउनुहोस् र खानुहोस्।