काठमाडौं– बदामको बारे सबैलाई थाहा भए पनि यसको फाइदाबारे सबै जानकार नहुन सक्छन्। बदाममा मानोसैच्युरेटेड र पोलिसैच्युरेटेड फ्याट पाइने गर्दछ, जुन हाम्रो मुटुका लागि अति नै आवश्यक पर्दछ। यदि हप्तामा ५ दिन बदामको सेवन गरेमा मुटु सम्बन्धी बिमारीको सम्भावना कम हुने चिकित्सकहरु बताउँछन।
बदाम मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। एक लिटर दुधमा पाइने पोषक तत्व बराबर १ सय ग्राम काँचो बदाममा पाइन्छ। बदाममा धेरै मात्रामा प्रोटिन पाइने गर्दछ, जुन शारीरिक वृद्धिका लागि अति नै जरुरी हुन्छ। दूध नपिउने मानिसहरुका लागि बदाम उत्तम विकल्प हुनसक्छ।
बदाममा हुने क्यालसियम र भिटामिन डी ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ। यो हाम्रो हड्डीको लागि एउटा सर्वश्रेष्ठ र सस्तो उपचार पनि हो। बदाममा हुने ट्रिप्टोफेनले डिप्रेशनको समस्या दूर गर्न पनि सहयोग पुग्छ।
बदाममा हुने ओलिक एसिडले रगतमा हुने खराब कोलेस्ट्रोल कम गर्दछ र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउने गर्दछ । यसले शरीरमा हुने कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राख्न निकै ठूलो भूमिका निर्वाह गर्ने गर्दछ ।