काठमाडौं– कुनै पनि व्यक्तिलाई सबैभन्दा पहिला उसको सुन्दरताको पक्षबाट नियालिन्छ अनि मात्र बानी व्यवहार, त्यसैले सुन्दरता मानिसको महत्वपूर्ण अंग बनेको छ। एउटा मानिसको व्यक्तित्व उसको सुन्दरतामा अडिएको हुन्छ। यो कुरा सत–प्रतिशत सही पनि हो, किनभने कुनै पनि मानिसलाई उसको सुन्दरताले नै आँक्ने गरिन्छ। सुन्दर मानिससँग जो कोही नजिक हुन मन पराउँछन्।
मानिस सुन्दर हुनु भनेको समाजमा उसको व्यक्तित्व पनि फरक हुनु बराबर हो। त्यसैले मानिस जसरी पनि सुन्दर हुन चाहन्छ। सुन्दर हुनको लागि ऊ समय र पैसा खर्च गर्न समेत हिच्किचाउँदैन। त्यसैले आज नयाँ–नयाँ सौन्दर्य प्रसोधनले बजारमा राम्रो स्थान जमाएको छ।
तर, सुन्दर मानिसको पनि आफ्ना कति अंगहरु आफूले चाहे जस्तो हुँदैनन्। त्यसैले आफ्नो अङ्गहरु आफूले चाहे अनुरुप बनाउनका लागि विभिन्न सर्जरी गर्ने चलन बढ्दै गएको छ। जसमा राइनोप्लास्टी अथवा नाकको सर्जरीको क्रेज त झन् धेरै नै रहेको छ। यसप्रकारको सर्जरीले नमिलेको नाकलाई आफूले चाहे जस्तो आकार दिन्छ।
संसारको सबैभन्दा सामान्य ‘कस्मेटिक सर्जरी’ प्रकृयाहरुमध्ये यो पनि एक हो। नाकको सर्जरी अथवा राइनोप्लास्टी युवा पिँढीले गर्ने सबैभन्दा प्रचलित कस्मेटिक सर्जरी हो र यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ। फिल्मको पर्दामा देखिने अभिनेता–अभिनेत्रीहरु जस्तै राम्रो दृश्यका लागि युवाहरु कस्मेटिक सर्जरीको बाटो अपनाउन थालेका छन्।
आफूलाई पूर्ण रुपले सुन्दर र उत्कृष्ठ बनाउनका लागि सर्जनको चक्कु पनि सहन तयार छन्, अहिलेका युवाहरु लोकप्रिय हस्तिहरुको नक्कल गर्ने कोशिस गर्छन्। पूर्णताको चाहना भएका युवाहरुलाई सर्जरी गर्न कुनै पनि आपत्ति छैन।
फिल्मका स्टारहरु सर्ट खोलेर जसरी आफ्नो कसिएको शरीरको प्रदर्शन गर्छन्, अहिलेका युवाहरु पनि त्यस्तै बन्न खोज्छन्। उनीहरु आफूलाई मनपर्ने अभिनेताको तस्वीरसँगै ल्याउँछन् र उसको जस्तो नाक बनाउन चाहन्छन्।
नाकको आकृतिः
नाकलाई आफूले चाहेको जस्तो आकार दिनका लागि नाकको यो सर्जरी अर्थात रौनाप्लास्टी गरिन्छ। विश्वमै यसलाई सबैभन्दा सरल कस्मेटिक सर्जरीको रुपमा लिइन्छ। यो सर्जरीले नाकलाई सानो अथवा ठूलो देखाउन, नाकको डाँडी ठूलो बनाउन अथवा घटाउन, फूली लगाउने भागको आकार बढाउन अथवा घटाउन सकिन्छ।
यो सर्जरीमा नामको छालालाई हड्डीबाट अलग गरिन्छ, र हड्डीमा आवश्यक परिणााम उत्पन्न गराउनका लागि सर्जनबाट पुनः आकार प्रदान गरिन्छ। यसले अनुहारको वर्तमान अवस्था अनुसार नाकलाई उचित आकार दिलाउने एउटा शल्यप्रकृया हो।
समयः
राइनोप्लास्टी, त्यसो त एउटा शल्यक्रिया हो। जसमा समय सबैभन्दा महत्वपूर्ण कुरा हो। अनुहारका हड्डीहरु पनि एउटा बच्चा परिपक्व भए जस्तै परिपक्व हुन्छन् र अनुहारको विकास हुने क्रममा ती हड्डीहरु असामान्य रुपले विकसित हुन सक्छन्।
अमेरिकन सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार जब युवतीहरु १४ वर्षका हुन्छन् र युवकहरु १६ वर्षका हुन्छन्, त्यो उमेरमा उनीहरुको नाकको सामान्यतया ९० प्रतिशत विकास भईसकेको हुन्छ।
वरिष्ठ कस्मेटिक सर्जनहरुको सुझाव के छ भने १५–१६ वर्षको उमेरभन्दा पहिला राइनोप्लास्टी गर्नु हुँदैन, किनभने त्यो उमेरसम्म अनुहार र नाकको हड्डीहरु बढिरहेकै हुन्छन्। कुनै पनि व्यक्ति १९ वर्ष भएपछि मात्र राइनोप्लास्टी गर्न चिकित्सकहरुको सल्लाह छ।
सर्जरी गरेपछि नामका केही पीडा हुनु, सूजन हुनु सामान्य हो, तर यो बिस्तारै कम हुँदै जान्छ। सरल ‘एनाल्जेसिक’ले पीडालाई नियन्त्रण गर्नसक्छ। नाकको पीडा कम हुनका लागि एउटा निश्चित समयको आवश्यकता पर्दछ।
त्यसैले, शल्यक्रिया गरेको केही महिनासम्म हुने समस्याबाट आत्तिनु हुँदैन। नाकको शल्यक्रियापछि पूर्ण स्वस्थ हुन करिव एक वर्षको समय पनि लाग्नसक्छ।
महत्वपूर्ण कुराः
यदि नाकको सर्जरी गर्ने व्यक्ति मनैदेखि पूर्ण रुपले तयार छैन भने केही समयपछि नै सर्जरी गर्नु उचित हुन्छ, किनभने यसलाई केही समयपछि पनि आरामले गर्न सकिन्छ। तर, राइनोप्लास्टीलाई दोहोया्र गर्नभने निकै कठिन छ।
यदि तपाईंले चाहनुभयो भने एउटा योग्य प्लास्टिक तथा कस्मेटिक सर्जनसँग आफ्नो नाक परीक्षण गराएर यसबारेमा आवश्यक निर्णय लिन सक्नुहुनेछ।