काठकाडौं– नेपालका प्रायः सबै भू–भागमा पाइने कुरिलो औषधीय गुण भएको बहुवर्षीय लहरायुक्त वनस्पति हो। यो तपाईंको स्वास्थ्यको लागि लाभदायक हुने कुरिलो, मन पर्दैन भने पनि खाने गर्नुहोस्।
यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन्। यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ।
जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ। कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन्।
यी हुन् कुरिलोका फाइलाः
– कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ।
– कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ। साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ।
– कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ। यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ।
– कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ।
– कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ।
– कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ। यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ। उनीहरूमा यौन दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ।