काठमाडौं– तपाई कुनैपनि कार्यालयमा काम गर्नुहुन्छ, तर काम गर्दा कामको चाप भन्दा पनि तनाव बढी छ भने चाहीँ बिचार गर्नुहोस् है। दिनहुँको तनाव तपाईंका लागि खतरनाक बन्न सक्छ।
मनोविज्ञान र स्वास्थ्यसम्बन्धि अमेरिकामा केही महिलामा गरिएको अध्ययन अनुसार कामबाट बिदा लिएर छुट्टी मनाउनेहरुमा मेटाबोलिक सिन्ड्रोम र मेटाबोलिक लक्षणको जोखिम कम भेटिएको छ।
जो दैनिक कामको तनावमा पर्छन्, उनीहरुमा मोनोबोलिक सिन्ड्रोमको लक्षण बढी भेटिएको छ। मोनेबोलिक सिन्ड्रोम मुटुका विरामीका लागि जोखिमको कारकको एक संग्रह हो। यदि तपाईमा यो बढी छ भने मुटुरोग लाग्ने खतरा बढी हुन्छ।
अध्ययन प्रतिवेदनका अनुसार, ‘जो मानिस नियमित बिदा बसेर कामको तनाव कम गर्छ, त्यसमा हृदयघातको पनि कम सम्भावना हुन्छ। किनकि मेटाबोलिक सम्बन्धि लक्षण परिवर्तनीय छन्, अर्थात परिवर्तन गर्न या नियन्त्रण गर्न सकिन्छ।’ त्यसैले यो कुरा मनन गर्नुहोस् र आफ्नो दौडधुपपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्टी लिनुहोस्, अनि तनाव कम गर्नुहोस्।
अफिसबाट लिइने यस्ता छुट्टीले तपाईलाई तनावबाट मुक्तिमात्रै होइन, यसबाट मुटुको विमारी हुने खतरा पनि निकै कम हुन्छ। कामबाट लिइएको छुट्टी मेटाबलिक सम्बन्धी लक्षण कम गर्न सहयोगी हुने र यसबाट मुटुको रोग लाग्ने खतरा समेत कम हुन्छ।