काठमाडौं– चिकित्सकहरुका अनुसार एकसय जना शिशुमध्ये एकजना शिशुमा जन्मजात मुटुरोगको समस्या हुन्छ।
मुटुरोग विभिन्न किसिमका हुन्छन्,
नेपालमा खानपान र जीवनशैलीको परिवर्तनका कारण मुटुरोगका बिरामीहरु बढिरहेका छन्। त्यतिमात्रै होइन कतिपय बालबालिकाहरु जन्मजात मुटुरोगको समस्या लिएर पनि जन्मिएका हुन्छ। जसलाई चिकित्सकहरु जन्मजात मुटुरोग भन्ने गर्छन्।
जन्मजात मुटुरोगका कारणः
–गर्भवती आमामा हुने संक्रमण,
–गर्भवस्थामा आमा अत्याधिक मोटो भएमा,
–गर्भवती आमामा विकिरणको प्रभाव परेमा,
–उमेर बढी भएपछि शिशू जन्माउँदा,
–गर्भअवस्थामा पोषणतत्वको कमी भएमा,
– गर्भवती आमाले मदिरा सेवन गर्दा,
– गर्भवती महिलाले गर्भअवस्थामा कडा खालका औषधि सेवन गर्दा।
– जेनेटिक कारण,
– जन्मजात मुटुरोगको लक्षण,
– शिशु जन्मिदा निलो हुने,
–आमाको दूध चुस्न नसक्ने,
–शिशुको तौल कम हुने,
– उमेर बढ्दै जाँदा तौल नबढ्ने,
– रुगाखोकी तथा निमोनिया हुने,
– जन्मजात मुटुरोग लाग्न नदिन के गर्ने ?
– गर्भअवस्थामा आमाको पोषणमा ध्यान दिने,
– गर्भअवस्थामा मदिरा सेवन नगर्ने,
– पहिलो बच्चा ३० वर्षअघि नै जन्माउने,
– विकिरणहरुबाट बच्ने।