काठमाडौं– प्रायः असार–साउनको महिनामा खेतबारी तथा पर्खालमा उम्रिने यो झार गाउँघरमा सबै परिचित होलान। तर मानिसहरु यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछन्। ठाउँ अनुसार यसका विभिन्न नामहरु भए पनि यसको बैज्ञानिक नाम ‘पर्सलेन’ हो।
ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ। यो एसिडले दिमागलाई तेजिलो बनाउँछ भने हृदयघात हुनबाट जोगाउँछ। यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा पाइन्छ भन्ने कुरा सबैलाई जानकारी हुँदैन। घरमा उम्रने यो झार नफ्याँक्नुस् किनकी यसमा अनेकौं औषधीय गुण हुन्छन्। खाँदा यो बिरुवाको निकै स्वादिलो हुन्छ। यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ।
पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ। अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ। यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन। तपाईंको हाड र दाँत बलियो हुन्छ। पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ। यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ। तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ।
पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ। यसमा पोटेसियम पनि प्रशस्त हुन्छ। यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ। यसमा आइरन पनि हुन्छ। शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ। विभिन्न संक्रमणका कारण ज्वरो आएमा यो खाँदा ज्वरो नियन्त्रणमा पनि निकै उपयोगी मानिन्छ।
महिलाहरुमा हुने अनियमित रक्तश्राव नियन्त्रण गर्न पनि यो झार लाभदायी मानिन्छ। अनियमित महिनावारी हुने महिलाहरुमा यो झारको सेवनले नियमित गराउँने गर्छ। यसमा पाइने औषधीय गुणकै कारण कपाल झर्न रोक्ने तथा शरीरको छालालाई मुलायम र सुन्दर बनाउने काम गर्छ। यसलाई सागका रुपमा प्रयोग गर्न सकिन्छ।