काठमाडाैं- सबैलाई सुन्दर बन्न मन पर्छ। सुन्दरताको मुल्यांकन पनि अनुहारबाट नै गरिन्छ। कसैको अनुहारमा अनाबश्यक रौँ तथा झुसले सुन्दरतालाई कुरुप बनाइदिएको हुन्छ। सबैभन्दा पहिले सवैको आँखा पर्ने ठाउँ पनि अनुहार नै हो।
त्यसैले अनुहार सफा, सुन्दर र चम्किलो बनाउन जो कोही तल्लिन रहन्छन्। यस्ता अनावश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार बनाउने घरेलु विधिको विषयमा यहाँ जानकारी दिइएको छ।
सामग्रीः काँचो दूध,तर, बेसार,बेसन
बिधिः एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने। पहिले सफासँग मुख धुने अनि यसरी बनाइएको लेपलाई धोएको अनुहारमा पुरै लगाउने।
अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकीसकेपछि विस्तारै हातले मसाज गर्दा अनुहारमा भएका कमजोर रौहरुले जरा देखिनै ठाउँ छोड्छ। अन्त्यमा मनतातो पानिले मुख धुने तपाईंले सफा चम्किलो अनुहार पाउनुहुनेछ।