काठमाडौं– केही खानेकुरा खाली पेटमा खाँदा विष समान हुन्छ। यसले मानव स्वास्थ्यलाई निकै ठूलो हानी र्पुयाउँछ। मानिसहरुको दैनिकी निकै परिवर्तन भएको छ।
फुर्सदमा खाने समय समेत हुँदैन, समय भन्दा पनि कुन समयमा के खाने भन्ने समेत थाहा हुन्न्।के के कुरा खाली पेटमा खानु हुँदैन यस विषयमा आज हामीले यहाँ चर्चा गरेका छौं।
गोलभेँडाः गोभेँडामा एसिडको मात्रा हुन्छ। खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ। खाली पेटमा गोलभेँडा खानु पत्थरीकाे कारणा बन्न सक्छ।
चटपटे भोजनः कहिलेकाहिँ खाली पेटमै चटपटे भोजन खाने गरिन्छ। तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ।
सोडाः सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ। यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ।
रक्सीः खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस। यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ।
औषधिः औषधि दिँदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला। हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ।
केराः खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ। जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैदा हुन्छ। त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ।
चिया–कफीः खाली पेटमा चिया–कफी पिउनु पनि सबैभन्दा घातक हुन्छ। कफीमा पाइने कैफिनले स्वास्थ्य असर पुर्याउछ। चियामा हुने अधिक एसिडले पनि खाली पेटमा समस्या पैदा गरिदिन्छ।
दहीः दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ। खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ।