काठमाडौं – तपाईलाई थाहा छ वा छैन मदिरा सेवन गर्दा स्वस्थ्यमा विभिन्न किसिमको रोगहरु लाग्छ। यदी तपाई पनि जाँड, रक्सी, वियर, वाइन आदि सेवन गर्नुहुन्छ ?
मदिरा सेवन गर्ने बानीका कारण तपाई आफै चिन्तित हुनुहुन्छ, यदी चाहनुहुन्छ भने हामी तपाईलाई मदिराको कुलतबाट कसरी टाढा रहने भन्नेबारे जानकारी दिँदै छौं। मदिरा सेवन गर्दा दुर्घटनामा पर्ने, चोटपटक लाग्ने समस्या निम्तिन सक्छ।
यतिमात्रै होइन मदिरा सेवन गर्दा क्यान्सर, उच्च रक्तचाप, मुटु तथा रक्तनलिसम्बन्धि रोग, मानसिक रोग, कलेजोसम्बन्धी रोग लाग्न सक्छ। त्यसैले मदिरा सेवन गर्नुहुँदैन। त्यसैले रक्सी सेवन नगर्न चाहनुहुन्छ भने यसका सहज उपाय छन्।
मदिराको कुलत छाड्न यस्तो गर्नुस्–
– अरुको लहैहलैमा मदिरा नखाने,
–मदिरा सेवन गर्ने साथी समूहसँगको सम्बन्धबाट टाँढा रहेन,
– मदिरा सेवनका दीर्घकालिन असरहरुबारे सोच्ने,
– साथीभाइको दबाबमा नपर्ने,
–सकेसम्म आफूले मदिरा सेवन गर्ने स्थान तिर नजाने,
–मदिरा सेवन गर्न बस्दा परिवार, छोराछोरी र मदिराका हानी बारे स्मरण गर्ने,
– राति अवेरसम्म बाहिर नबस्ने र बस्नै पर्ने अवस्थामा पनि रक्सी खानेहरुसँग भन्दा नखानेहरुसँग समय काट्ने,
– असरबारे जानकारी हुँदा हुँदै छोड्न चाहेर पनि छोड्न नसकेमा चिकित्सकसँग परार्मश लिने।