काठमाडौं – बिहानै उठेर दौडने, जीम जाने, सबै युवाको चाहाना, आकर्षक ज्यान बनाउन त्यसका लागि उनीहरुले धेरै मेहनत पनि गर्छन्। तसर्थ व्यायामसँगै खानेकुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ।
सामाजिक सञ्जालमा आकर्षक शरीर बनाउने उपायका बारेमा राखिएका सामाग्री हेर्न र जस्ताको तस्तै प्रयोग गर्ने। यतिले मात्र पुग्दैन शरीरको सेपलाई नयाँ पन दिन र राम्रो बनाउन यसबारे अनभिज्ञ भए अब थाहा पाउन जरुरी छ।
यी खानेकुरा खाएमा मसल्स बढ्छ–
– अन्डाः
अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ। विभिन्न अध्ययनले अन्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ। तर, ध्यान दिनुपर्ने कुरा के भने सधैँ उमालेको अन्डा मात्र सेवन गर्नुपर्छ।
– फलफूलः
मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थकर पनि मानिन्छ। फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ। यसले मसल्स निर्माणमा सहयोग गर्छ।
– हरियो तरकारीः
धेरैजसो तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ। यद्यपि, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सी सहितका पौष्टिक तत्व प्राप्त हुन्छ। यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ। तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ।
बदाम–काजु–ओखरः
यदि तपाईं मसल्स बनाउन खोजिरहनुभएको छ भने नियमित रूपमा बदाम, काजु, ओखर आदि खान सक्नुहुन्छ। सँगै, ड्राइफुडको सहारा पनि लिन सक्नुहुन्छ। यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ। जसले मसल्स निर्माणमा मद्दत गर्छ।
– अन्नः
मसल्स बनाउन जिम गइरहनुभएको छ भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन कम गर्न जरुरी छ। यस्ता खाद्यपदार्थले स्वास्थ्यलाई बेफाइदा गर्छ। यसको सट्टामा अन्नजन्य खानेकुरा खान सक्नुहुन्छ, जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा। यस्ता खाद्यपदार्थले तपाईंलाई कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ। तपाईंमा ऊर्जा बढी भएमा आवश्यकता अनुसार व्यायाम गर्न सक्नुहुन्छ।