काठमाडौँ – विश्व मुटु दिवसका दिन अल्का अस्पतालमा मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निःशुल्क गर्ने भएको छ। विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले असोज १२ गते इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो।
मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु मात्र निःशुल्क हुने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए।‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने मुल नाराका साथ अस्पतलले विश्व स्वास्थ्य दिवस मनाउँदै निःशुल्क स्वास्थ्य शिविर समेत गर्ने लागेको अस्पतालले जनाएको छ।
सिइयो थापाका अनुसार शिविरमा जाँच गरेका विरामीहरुको १४ दिनसम्मका लागि फलो अपमा आउँदा पैसा तिर्न नपर्ने व्यवस्था गरिएको छ। थापाका अनुसार,‘शिविरमा जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि अस्पतालले विरामीलाई औषधि निःशुल्क वितरण गर्ने छ।’ अस्पतालसहित लायन्स क्लव अफ काठमाडौँ अल्का र लियो क्लव अफ काठमाडौँ अल्काले असोज १२ गते विश्व मुटु दिवस संयुक्त रुपमा मनाउने छन्।