काठमाडौं – शरीरका लागि खानपानको विशेष महत्व हुन्छ। शरीर लाई स्वास्थ राख्न विभिन्न प्रकारका फलफुल तथा तरकारी खानुपर्छ। तर यदि दुई प्रकारका फल तथा तरकारी एकसाथ खाइरहनुभएको छ भने एकपटक ध्यान दिन आवश्यक छ।
यदी खानेकुरामा थोरैमात्र सावधानी पुगेन भने फेरि समस्या उत्पन्न हुन्छ। यिन लाई एकसाथ खानु ठीक हुन्छ कि हुँदैंन ? केही फल तथा तरकारी यस्ता हुन्छन, जसको आपसी मेल हुँदैंन। यस्ता चिज अस्वस्थकरमात्र नभई पेटसम्बन्धी गम्भीर रोगको कारक पनि बन्न सक्छ।
थाहा पाउनुस्, त्यस्ता फल के हुन् ?
सुन्तला र दुधः
यी दुई चिजको मिश्रणले खाना पाचनतन्त्रलाई नोक्सान पुर्याउन सक्छ। यिनीहरु पचाउन मुस्किल पर्नेमात्र नभई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि निम्तन सक्छ। दुध र दुग्धजन्य खानेकुरामा सुन्तला मिसाउनाले अपचको समस्या निम्तन्छ।
भुईकटहर र दुधः
भुईंकटहरमा मौजुद ब्रोमलोन नामक तत्व जब दुधमा मिसिन्छ त्यसले ग्यास, पेट माड्नु, इन्फेक्सन,टाउको दुखाई, पेट दुखाईजस्ता समस्या निम्तन्छ।
अम्बा र केराः
दुवै फल स्वास्थ्यका लागि निकै लाभदायी हुन्। जब यिनलाई एकसाथ खाइन्छ, शरीरमा विभिन्न समस्या आउन सक्छन्। दुवै फल एकसाथ खानाले ऐसिडीसि अर्थात् अम्लरक्तता, पेट माड्ने, ग्यास बन्ने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छन्।
सुन्तला र गाँजरः
सुन्तला र गाँजर एक यस्ता फल हुन्, जो एकसाथ खानुहुन्न। यी फल एकसाथ खानाले छाति पोल्नेमात्र नभई मिर्गौला फेलसमेत हुन सक्छ।
मेवा र कागतीः
यी दुई फलको संयोजन यस्तो खतरनाक हुन्छ कि, यसबाट एनिमिया हुने खतरा हुन्छ। साथै शरीरमा हेमोग्लोबिन असन्तुलन हुन सक्छ। यी दुईलाई एकसाथ खानु बच्चाका लागि हानिकारक हुन सक्छ।
त्यसैले फल र तरकारी एकसाथ खानुहुन्न। फलमा चिनीको मात्रा बढी हुन्छ, जसलाई पचाउन मुस्किल पर्छ। पाचन प्रक्रियाका क्रममा फल लामो समयसम्म रहन्छ भने सडेर टक्सिन बन्छ, जसबाट डायरिया, टाउको दुख्ने, इन्फेक्सन, पेट दुख्ने जस्ता समस्या देखा पर्छ।