काठमाडौं – तपाईलाई थाहा छ बेसार तरकारीलाई आकर्षक बनाउन मात्रै होइन, मानव स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ। बेसार तपाईंको भान्सामा हरेक दिन प्रयोग हुन्छ। तरकारीलाई पहेलो र आकर्षक पनि बनाउँन तर, विदेशीहरु बेसारको औषधी बनाएर बेच्ने गर्छन्।
किनकी बेसारमा संक्रमण र रोगसग लड्ने शक्ति पुर्ण हुन्छ। सय ग्राम बेसारमा ५–८ प्रतिशत तेल, ७ दशमलब ३ प्रतिशत प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन ए हुन्छ। शरीरमा विभिन्न संक्रमण भइरहयो भने मुटुको रोग लाग्छ र उमेरसँगै हुने समस्या बढ्दै जान्छ। करकुमिनले मानवकोषिकाभित्र पुगेर संक्रमणसंँग लड्छ।
आयुर्वेदमा बेसारलाई महाऔषधीको नाम दिइएको छ। आयुर्वे्दिक औषधी विज्ञानमा यसलाई गौरी, कुमकुम भनेर चिनिन्छ।
बेसारमा ‘एन्टिबायोटिक’ गुण पनि हुन्छ भने थाहा पाएपछि सौन्दर्य प्रसोधन बनाउने कम्पनीले बेसार प्रयोग गर्न थालेका छन्। साबुन बनाउँदा बेसार प्रयोग हुनथालेको छ।
‘बेसार हालेर बनाएको क्रिम र साबुनको विज्ञापन खुब देखिन्छ। धार्मिक क्रियाकलापमा पनि बेसार प्रयोग हुन्छ। मधेसतिर विवाहमा ‘हल्दीकी रसम’ महत्त्वपूर्ण धार्मिक संस्कार मानिन्छ। यसमा वर, वधुको अनुहारमा मान्यजनबाट बेसार लगाइन्छ। बेसारबारे वैज्ञानिक अनुसन्धान भइरहेकै छ।
बेसारमा मानव मस्तिष्कलाई सक्रिय र मुटुका मांसपेशीको क्रियाकलापलाई सुचारु रूपले चलाएर मांसपेशी सुदृढ पार्न सक्ने तत्त्व हुन्छ। क्यान्सरलाई रोक्ने वा क्यान्सर भइसेकपछि प्रयोग गरिने औषधीको कुप्रभाव कम गर्ने सम्बन्धमा करकुमिनमाथि अध्ययन सुरु भएको छ।
बेसारलाई मरिचसँंग मिलाएर प्रयोग गरियो भने करकुमिन कोषफकामा बढी शोषण हुने वैज्ञानिकहरूले प्रमाणित गरेका छन्। बेसारमा रहेको तत्त्वबारे थाहा पाएरै क्याप्सुल, पाउडर बनाएर पश्चिमा देशमा प्रयोग सुरु गरिएको हो।