काठमाडाैं - महिला सुत्केरी हुँदा अधिक प्रयोगमा ल्याइने ज्वानो निकै पोसिलो मानिन्छ, शिशुले आमाको दूध राम्रोसँग खान पाओस् भनि सुत्केरी महिलालाई समेत खुवाउने ज्वानो तपाई हामी सबैको भान्सामा प्रयोग हुन्छ। यससग सबै परिचित भए पनि यसका फाइदाबारे सबैलाई थाहा नहुन सक्छ।
ज्वानो खानुका फाइदा छन्ः
दमबाट बच्न– दम लागेका बिरामीले ज्वानोको धुवाँ लिने हो भने श्वास फेर्न सजिलो हुन्छ। ज्वानो र सख्खर मिलाएर दैनिक खाँदा दम रोगबाट राहत पाउन सकिन्छ।
पत्थरीबाट राहत – ज्वानो, मह र चुकको मिश्रण १० दिनसम्म प्रयोग गर्ने हो भने मृगौलाको पत्थरीबाट बच्न सकिन्छ।
तौल घटाउन – ज्वानोले पाचनप्रक्रिया राम्रो बनाउँछ। जसले नियमित दिशापिसाबमा सन्तुलन ल्याई तौल घटाउन मद्दत गर्दछ।
हैजाको किटाणु मार्न – हैजाको किटाणुमार्न ज्वानोले सहायक भूमिका खेल्दछ। त्यसैकारण हैजा लागेमा ज्वानो सेवन गर्न सकिन्छ।
पेट दुखाईबाट बच्न – मनतातो पानीमा ज्वानो र थोरै नुन हालेर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ। अपचको समस्या निराकरण गर्दै पेट दुखाईबाट लाभ प्राप्त गर्न सकिन्छ। ज्वानो त्यत्तिकै पनि खान सकिन्छ।
ग्यास्ट्रिकबाट बच्न – पेटमा भएको विकारयुक्त ग्यासबाट मुक्ति पाउन ज्वानो सेवन गर्न सकिन्छ। यसले पेटको ग्यास र विकारबाट तुरुन्त राहत दिन्छ।
रुघाखोकीबाट बच्न – जाडोमा रुघाखोकी लाग्नु सामान्य हो। यस्तो अवस्थामा भुटेको ज्वानो खाने हो भने रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ। मनतातो पानीमा ज्वानो चपाएर समेत खान सकिन्छ।
रक्सी छुटाउन – रक्सी अम्मलीका लागि ज्वानो एकदमै फाइदाजनक मानिन्छ। ज्वानोमा पनि रक्सीमै हुने तत्व हुने भएकाले राति सुत्नेबेलामा दैनिक ३० देखि ५० मिलिलिटर ज्वानोपानी सेवन गर्नाले रक्सीको तलतल मेटिन सक्छ।