काठमाडौं– अमला यत्तिकै खानुभन्दा यसको जुस बनाएर खाँदा स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ। अमलासँग हामी सबै परिचित भए पनि यसलाई खाने तरिकाबारे सबैलाई थाहा नहुन सक्छ।
अमलामा प्रशस्त मात्रामा भिटामित सी ,फाइबर र प्रोटिन पाइन्छ। अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ। अमला सवैलाई मनपर्ने फल हो,
अमलामा औषधीय गुण हुन्छ भन्ने, विषयमा पनि सबैलाई थाहा छ। आयुर्वेदमा अमलालाई उच्च कोटीमा राखेर यसबाट विभिन्न औषधीहरु निर्माण गरिन्छ।
अमलाको जुस पिउनुका फाईदा
–यदि अमलाको जुसमा महँ मिसाएर दैनिक रुपमा खाएमा अनुहारमा डण्डीफोर आउने समस्याबाट पनि मुक्ति पाइन्छ। साथै शरिरको मोटोपन पनि घटाउँछ।
–अमलाको जुस पिउनले मुटुको समस्याबाट बचाउँछ। त्यसका साथै यसमा महँ मिसाएर पिउदा रक्तचापमा सन्तुलन भई रगतलाई समेत शुद्ध बनाउँछ।
–नियमित रुपमा अमलाको जुस सेवन गर्नाले पाचन प्रणालीलाई मजुबत बनाएर राख्छ।
–यदि अमलाको जुसलाई केरासँग मिसाएर खाएमा महिलाहरुको महिनावारी गडबढी हुने समस्या पनि ठिक हुन्छ।
–त्यस्तै अमलाको जुसमा बेसार र महँ मिसाएर खाएम मधुमेहको बिरामीको लागी अचुक औषधी हुन्छ।