काठमाडौं– स्क्रवटाइफस एक किसिमको सरुवा रोग हो जुन माईटमा पाइने जिवाणुबाट लाग्छ। स्क्रव टाइफस भएका बिरामीले समयमै उपचार नपाएमा कडा खालको श्वास प्रश्वासको समस्या हुन्छ। श्वस फेर्न गाह्रो भइ शरीरका अन्य अंगहरुले काम गर्न छाडेर बिरामीको मृत्यु समेत हुने गर्छ।
पाईट प्राय मुसा बस्ने खेतबारी, वन, जङ्गल चउर र घर वरिपरी झाडी हुने ठाउँमा पाइन्छ। त्यसैले स्क्रव टाइफसको लक्षण देखिएमा तुरुन्त स्वास्थ्यसंस्थामा गई चिकित्सकको सल्लाहमा औषधि उपचार गर्नुपर्छ। समयमै उपचार पाएमा यो रोग निको हुन्छ।
कसरी सर्छः
स्क्रव टाईफस मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किराको टोकाइबाट मानिसमा सर्छ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन।
स्क्रव टाईफसका लक्षणः
–धेरै ज्वरो आउनु, कामज्वरो समेत आउनसक्ने, टाउको धेरै दुख्ने, पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, किराले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिने,
स्क्रव टाईफसबाट यसरी बच्नुस्ः
–खेतवारीमा काम गर्दा शरीर पुरा ढाकिने कपडा लगाउने,
–चउर, घाँसवारीमा नबस्ने,
–चउरमा बस्दा गुन्द्रि वा सुकुल ओछ्याएर बस्ने,
–घर वरपर झाडी, घाँस बढ्न नदिने र घर तथा गोठमा मुसा नियन्त्रण गर्ने,