काठमाडौं– चिया विश्वमा पानीपछि दोश्रो धेरै पिइने तरल पर्दाथ हो। प्रायजसो नेपालीले हरेक मौसममा चिया पिउने गर्दछन्। नेपालीहरुका लागि चिया दैनिक जीवनशैली जत्तिकै बनेको छ। वैज्ञानिक भाषा अनुसार क्यामेलिया साइनेन्सिस प्रजातीको बोटका प्रशोधित पातहरु दुध वा तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ नै चिया हो।
नेपालमा सीटी सी चियाको उत्पादन झापा जिल्लामा हुने गर्दछ, भने इलामको पशुपतिनगर ग्रीन टीको उत्पाउन हुन्छ। अधिकांश मानिसको सोचमा चिया पिउनाले स्वास्थ्यमा खराबी गर्छ, भन्ने मान्यता बसेको छ तर सीमित मात्रामा चिया पिउदा यसले स्वास्थ्यमा हानी होइन लाभ पुयाउँछ।
चिनिया, आसामी र क्याम्बोड गरी तीन जातमा चियाको बोटलाई वर्गिकरण गरिएको छ। तयारी चियाका पनि तीन प्रकार हुन्छन् कालो चिया, हरियो चिया, ओलाङ्ग चिया, कालो चियालाई अर्थोडक्स अर्थात पत्ति चिया रीटीसी अर्थात धुलो तथा दानादर चिया गरी दुई किसिममा विभाजित गरिएको छ।
चिया पिउनेको फाइदा यस्ता छन्ः
- नियमित ग्रीन टी पिउनाले मोटोपना कम भई क्यान्सरसंग लड्ने शरीरको क्षमतामा वृद्धि हुन्छ।
- चियाले शरीरको आलस्यता भगाई मानिसलाई स्फूर्त राख्दछ।
-अत्यधिक निन्द्रा लाग्ने मानिसले चिया पिउँदा निन्द्रा भगाउन मद्दत गर्छ।
-तलतल लाग्ने तथा भोक लागेमा समेत चिया उपयोगी हुन्छ।
-दूधको चिया पिउनाले मानसिक तनाव कम गरी मानिसलाई थकान कम गर्छ।
-क्याफिनेटेड तातो चियाले शरीरमा ग्लुकोमाको जोखिम कम गर्न मद्दत गर्छ।
-कालो रंगको चियाले उच्च रक्तचाप कम गरी सामान्य अवस्थामा फर्काउँछ।
-क्याफिन नभएको हर्बल चिया पिउनाले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ।