काठमाडौं, ८ माघ – चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राखेर १६औँ पटक आमरण अनशन बसिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था १४ औं दिनसम्म यथावत रहेको छ।
अनशनरत केसीको सामान्य कमजोरी र मांशपेसी दुख्ने समस्या मंगलबार पनि यथावत रहेको उपचारमा खटिएका चिकित्सले बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसीलाई आजै गणेशमान सिंह भवनमा सारिएको हो।
केसीको रक्तसञ्चार स्थिर रहेको र अक्सिजनको कमीले जुनसुकै अवस्थामा स्वास्थ्य स्थिती बिग्रिन सक्ने भएकाले चिकित्सकको टोलीले निरन्तर स्वास्थ्य अवस्थाको सुपरिवेक्षण गरिरहेको छ।