काठमाडौं – शरीर फिट राख्ने चाहना सबैमा हुन्छ। स्वस्थ रहनको लागि सन्तुलित आहारसँगै नियमित व्यायाम आवश्यक पर्छ । नियमित व्यायामका विभिन्न अवधारणामध्ये तपाईका लागि उत्तम विकल्प ‘जुम्बा’ बन्न सक्छ ।
विभिन्न चरणमा नाचेरै गरिने यो व्यायाम दिन–प्रतिदिन लोकप्रिय हुँदै गएको छ । नियमित व्यायामका विभिन्न अवधारणा मध्ये तपाईका लागि उत्तम विकल्प ‘जुम्बा’ बन्न सक्छ ।
विभिन्न चरणमा नाचेरै गरिने यो व्यायाम दिन–प्रतिदिन लोकप्रिय हुँदै गएको छ । दैनिक एक घन्टा र तीन चरणमा गर्नुपर्छ । सुरुको १५ मिनेट वार्मअप, त्यसपछि ३० मिनेट डान्स स्टेप र अन्तिमको १५ मिनेट कुल डाउन गर्नुपर्छ ।
यसरी एक घन्टा जुम्बा गर्दा पाँच सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ । नियमित जुम्बाले शरीरमा कुनै पनि किसिमको असर गर्दैन ।जुम्बा भन्नेबित्तिकै नाचेर गरिने व्यायाम हो । जसरी पनि नाचे हुन्छ भन्ने गलत बुझाइ हुनसक्छ ।
तर, यो एउटा नियमभित्र रहेर गरिनुपर्छ । जुम्बा अन्तर्गत बेसिक वानभित्र मेरेंगा, रेगाटन, साल्सा, कुम्बिया फर्मुला हुन्छ । यो फर्मुलामा रहेर फास्ट, स्लो, स्लो, फास्ट आवश्यकता अनुसार डान्स गर्नुपर्छ । नाच्नका लागि आफू अनुकूलको गीत रोज्न सकिन्छ।
नियमित जुम्बा गर्नाले तपाईंको दैनिकी, स्फूर्तिमा धेरै सकारात्मक परिवर्तन आउँछ । शारीरिक तथा मानसिक रूपमा स्फूर्ति बढ्नुको साथै सोचाइमा पनि सकारात्मक परिवर्तन आउँछ ।