काठमाडौं – शरीरका विभिन्न भागको दुखाई कम गर्ने अलग अलग औषधि हुने गर्दछ। जस्तै टाउको दुख्दा खाने औषधि र हाडजोर्नी दुख्दा खाने औषधि नै फरक हुन्छ। यसरी शरीरका दुखाई कम गर्न खाइने औषधिले दुखाइ कम गरे पनि स्वास्थ्यलाई असर पुयाइृ रहेको हुन्छ।
दुखाई कम गर्ने औषधिको सट्टा घरमा सजिलै पाइने खानेकुरा वा घरेलु उपायबाट समेत दुखाईमा नियन्त्रण गर्न सकिन्छ।
शरीर दुख्नु हरेक ब्यक्तिका लागी पीडादायी क्षण हुन्छ।
कतिपयले शरीरको दुखाई बढ्दा पनि चिकित्सकको सल्लाहविना नै औषधि किनेर सेवन गर्ने गर्दछन्, तर केही टिप्स यस्तापनि छन्, जसले घरेलु उपायबाटै दुखेको शरीर ठिक पार्न सकिन्छ।
–अदुवाः
अदुवालाई आयुर्वेद विज्ञानमा निकै प्राथमिकता दिइएको पाइन्छ। पोलेको अदुवा खाएमा घाँटी दुखेको निको हुन्छ भने शरीरमा चोट लागेको भागमा अदुवा दले वा पिसेर यसको लेप लगाउँदा राहत महशुस हुन्छ।
साथै खानामा दैनिक अदुवाको प्रयोग गरेमा मांशपेसी, जोर्नी तथा छातिको दुखाईमा समेत नियन्त्रण पाउन सकिन्छ । ठोक्किएर सुन्निएको वा दुखेको ठाउँमा अदुवा लगाएमा यसले समेत दुखाई कम गर्छ।
–लसूनः
नेपालीको घरमा सजिलै पाइने लसुनले तपाईको शरीरको दुखाईलाई कम गर्न सक्छ । तेलमा लसूनलाई भुटेर हातगोडा वा दुखेको हाडजोर्नीमा लगाउँदा यसले दुखाईलाई कम गर्दछ ।
छालामा आएको खटिरामा समेत मसिनो हुने गरी पिसिएको लसून लगाइयो भने यसले दुखाई कम हुन्छ । लसुनलाई प्राचिनकालबाटै औषधिका रुपमा प्रयोग गरीन्छ।
–चेरीः
साधारण मानिने फल चेरी मानिसको दुखाईका लागी बहुउपयोगि मानिन्छ। यसले हाम्रो मांसपेशी तथा तन्तुलाई मजबुत बनाउनुका साथै मर्मत समेत गर्दछ।
भारी बोक्दा वा मासंपेशीमा बल पर्ने काम गर्दा भएको शरीरको दुखाईमा चेरी खानु निकै उपयोगी हुन्छ । चेरीको जुस बनाएर पिउनु शरीरको दुखाईमा नियन्त्रण पाउने सबैभन्दा उत्तम उपाय हो।
–अंगुरः
अंगुरको खाँदा मानिसमा रोगप्रतिरोधात्मक क्षमतामा विकास हुनुका साथै ढाड दुख्ने समस्याबाट समेत राहत मिल्दछ। अंगुरमा भएको पोषक तत्वले मेरुदण्ड,
ढाडमा सहज रुपमा रक्तसञ्चार गराउँछ । साथै अंगुरमा भएको पौष्टिक तत्वले ढाडको दुखाइका साथै जोर्नी तथा मासंपेशीको दुखाईलाई समेत कम गराउँछ।
–जौंः
जौलाई शुद्ध तथा पवित्र अन्न मानिन्छ। जौमा हुने म्याग्नेसियम महिनावारीको समयमा हुने महिलाको तल्लो पेटको दुखाईलाई राहत दिन्छ।
साथै जौको सेवन गर्नाले महिनावारीमा हुने रक्तस्राव समेत नियन्त्रण गर्दछ। जौमा भएको जिङ्कले महिलालाई महिनावारीमा हुन सक्ने बाह्य संक्रमणबाट समेत बचाउँछ। साथै ग्याष्ट्रिकले हुने पेट दुखाईलाई समेत बिस्तारै कम गर्छ।