काठमाडौं – तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफा पार्न सकिने घरेलु उपचार पद्धतिद्वारा एक हप्तामै किड्नीमा भएको पत्थरीबाट छुटकारा पाउन सकिन्छ।
किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ, किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ। यो घरेलु विधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा स्टोन सहजै बाहिर निकाल्न मद्धत पुग्छ। जस्तै–
आवश्यक सामग्रीः
–१०० मिलीलिटर कागतीको जुस
–१०० मिलीलिटर शुद्ध जैतुन को तेल
–१०० मिलीलिटर बीयर
तयार पार्ने विधिः
सबै सामग्रीलाई एउटा ग्लासको बोटल तथा जगमा खन्याउनुहोस्। अनि मिश्रण घोलिने गरी यसलाई केही बेर हल्लाउनुहोस्।
ओखती सेवन गर्ने विधिः
प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण ओखती सेवन गर्नुहोस्। ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस्। यसरी बनाइएको औषधि खानाले किड्नीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुवा चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ।
सुझावः
कागती जैबिक अर्गानिक हुनुपर्छ। बजारमा पाइने बनावटी अशुद्ध कागतीको रस नकिन्नुहोस्। यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकी ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानल बाटोमा घाउ हुन सक्छ।