काठमाडाै - मकैको स्वादका कारण यसका विभिन्न परिकार बनाएर ठुला होटल, फिल्म हलदेखि साधारण फुटपाथमा समेत यसको बिक्री हुने गर्दछ। मकैलाई प्रत्यक्ष भुटेर, उसिनेर, पोलेर तथा कुटेर खानाको साटो समेत उपभोग गरिन्छ।
मकैको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ। तराई लगायत पहाडमा समेत सजिलै उत्पादन हुने मकै धेरैले खाजाका रुपमा खाने गर्दछन्।
मकै का फाइदा के के हुन् तः
–मकैमा फाइबरको मात्रा प्रशस्त हुन्छ, यसले पाचन प्रणलीलाई सन्तुलित बनाउने गर्दछ।
–मकैको नियमित सेवन गरेमा मानिसमा एसीडीटी र कब्जियतको समस्या हटेर जान्छ।
–मकैको सेवनले कोलस्ट्रोल घटाई मुटुरोगको सम्भावनालाई समेत टार्ने गर्दछ।
–मकैमा पर्याप्त मात्रामा फोलिक एसिड पाइने हुँदा गर्भवती महिलाका लागि फाइदाजनक हुन्छ।
–मकैमा हुने एन्टिअक्सिडेन्टले छाला तथा तन्तुलाई स्वस्थ राख्दछ।
–नियमित मकैको खाने मानिसमा रोगप्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ।
–हड्डिमा समस्या हुनेले पोलेको मकै खानु निकै उपयोगि मानिन्छ, यसले हड्डी बलियो बनाउँछ।
–पोलेको मकैमा हुने कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसले समेत हड्डीलाई फाइदा गर्छ।
–भुटेको मकै खाएमा यसले शक्ति अभिवृद्धि गरी कार्बोहाइड्रेटको मात्रा बढाउँछ।
–सातामा ३, ४ पटकसम्म मकै खानेहरुमा पेट सम्बन्धी रोगको समस्या कम हुँदै जान्छ।