काठमाडौं, ८ माघ – चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राखेर १६औँ पटक आमरण अनशन बसिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई वार्डबाट गणेशमान सिंह भवनमा सारिएको छ। सत्याग्रहको १४औं दिन मंगलबार केसीलाई साे भवनमा सारिएको हो।
आइसियु बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर डा. केसी आफैँले आग्रह गरेपछि उनलाई माघ ६ गते वार्डमा सारिएको थियो। ईलाममा अनशनरत डा. केसीकाे स्वास्थ्य गम्भीर भएपछि केही दिनअघि उनलाई काठमाडाैँ ल्याइएकाे थियाे। काठमाडाैँ ल्याएलत्तै त्रिवि शिक्षण अस्पतालकाे आइसियुमा डा. केसीकाे उपचार थालिएकाे थियाे।