काठमाडौं – घरमा भएका सामानहरुमध्ये आइस पनि एक हो, हाम्रो घरमा त्यस्ता धेरै कुराहरु हुन्छन्, जसले हामीलाई विभिन्न किसिमको फाइदाहरु प्रदान गर्छ। त्यस्तै आइसको प्रयोग हामी गर्मीबाट राहत पाउनका लागि कोल्ड ड्रिंकमा मिसाएर पिउनको लागि पनि गर्छौं।
हामी आइसको प्रयोग विशेष गरेर स्वास्थसंग सम्बन्धित समस्याहरुबाट छुट्कारा पाउनका लागि गछौ, तर घरसंग सम्बन्धित समस्याको सामाधानको लागि पनि आइसको प्रयोग हुन्छ भन्ने कुराले तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ।
आज हामी आइसको प्रयोग घरको सर–सफाइको लागि पनि गरिन्छ र कसरी आइसले घरको सर–सफाई गर्ने भन्ने बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं।
हाउस प्लान्टहरुलाई राहत प्रदानः
हामी हाउस प्लान्टहरु घरलाई सुन्दर बनाउनका लागि राख्ने गर्छौं। त्यस्ता प्लान्टले घरलाई सुन्दर बनाउनुका साथै स्वच्छ पनि बनाउँछ। तर, हाउस प्लान्टलाई पनि हेरचाहको आवश्यक पर्छ।
त्यसका लागि तपाईंले धेरै मेहनत गर्नु पर्दैन, आइस क्यूबलाई विरुवामा राख्नुहोस्। विरुवामा आइस क्यूव राखेर छाडिदिनु पर्छ, बाँकि काम कोठाको तापक्रमले नै गर्छ। यसो गर्दा तपाईंको हाउस प्लान्टहरु ताजा हुन्छन् र त्यसको सुन्दरता पनि बट्छ।
दाग हटाउनको लागिः
यदि तपाईंको लुगामा कफी, अचार अथवा जुसको दाग लागेको छ भने, लुगाको दाग हटाउनको लागि आइसको प्रयोग उपयुक्त हुन्छ। लुगामा दाग लाग्नासाथ तुरुन्त आइस लगाउनु पर्छ। यसो गर्दा लुगामा लागेको दाग हट्छ। दाग लाग्नासाथ यसलाई हटाएन भने पछि दाग जान गाह्रो हुन्छ।
भात तताउनको लागिः
माइक्रोवेभमा भात तताउनको लागि आइसको प्रयोग राम्रो हुन्छ। माइक्रोवेभमा भात त्यसै तताउँदा सुख्खा र कडा हुन्छ। तर भात तताउँदा त्यसमा आइसको टुक्राहरु हालेर तताउनु भयो भने भात कडा हुँदैन।
औषधीको तीतोपन हटाउनः
तीता औषधीहरु असरदायक त हुन्छ, तर कति औषधीहरु खाँदा तीतो भएर बान्ता नै आउँछ, औषधि खाँदा तीतो नहोस् भन्नाका लागि आइसको प्रयोग अति लाभदायक हुन्छ। औषधि खानु अगाडि एक टुक्रा आइस चुस्नुहोस्। त्यसो गर्दा औषधीको तीतोपना कम हुन्छ।
बोतल र फुलदानी चम्काउनः
सानो मुख भएको बोतल अथवा फुलदानी सफा गर्न गाहो हुन्छ। यदि तपाईसंग पनि त्यस्ता मुख सानो भएको बोलत अथवा फुलदानी छ, भने आइसको माध्यमले यसलाई सजिलै सफा गर्न सकिन्छ।
बोतलमा नुन, कागती र आइसको टुक्रा हाल्नुहोस्। बोतललाई राम्रोसंग हल्लाउनुहोस् । यसैगरी फुलदानीमा पनि आइस क्यूब राखेर राम्ररी हल्लाउनु पर्छ। त्यसरी तपाईंले सानो मुख भएको बोतल अथवा फुलदानी सफा गर्न सक्नु हुन्छ।
लुगामा टाँसिएको च्युइङ्गम हटाउनः
यदि तपाईंको लुगामा च्युइङ्गम टाँसिएको छ भने त्यसलाई हटाउन धेरै गाह्रो हुन्छ। तपाईंले लुगामा टाँसिएको च्यूइङ्गम हटाउने धेरै उपायहरु सुन्नु भएको होला । लुगालाई मट्टीतेलमा भिजाएर राख्नेदेखि टुटपेस्ट लगाउने सम्मको उपायहरु अपनाउन सकिन्छ।
तर, आइसले यो समस्यालाई सजिलै हटाइदिन्छ। तपाईंको लुगामा जहाँ च्यूइङगम लागेको छ, त्यहाँ आइस लगाउने र केही समय त्यसै छाडिदिने। केही समयपछि चम्चाको सहायताले लुगामा लागेको च्युइङ्गम सजिलै निस्कन्छ।
खुम्चिएको लुगा सिधा बनाउनः
खुम्चिएको लुगा सिधा बनाउन पनि धेरै मेहिनत गर्नु पछर्। विशेष गरेर नरम कपडा धेरै खुम्चिने गर्छ, त्यसलाई इस्त्रि पनि सावधानीपुर्वक गर्नु पर्छ। थोरै लापरवाहीले पनि यस्तो किसिमको लुगा डढ्न सक्छ।
त्यस्तो लुगामा इस्त्रि गर्दा आइसको प्रयोग उपयुक्त हुन्छ। एउटा कपडामा आइसको टुक्रा र्बेनु पर्छ र खुम्चिएको भागमा लगाउनुहोस्। त्यसपछि आरामले इस्त्रि गर्नु पर्छ। त्यसो गर्दा खुम्चिएको लुगा पनि ठिक हुन्छ र इस्त्रि पनि सजिलै लगाउन सकिन्छ।
कार्पेट डेन्टः
कार्पेटलाई सफा गर्दा त्यसको रंग जाने अथवा बिग्रने डर हुन्छ। तर कार्पेट सफाइमा आइसको प्रयोग गरेर कार्पेटलाई नयाँ बनाउन सक्नुहन्छ। कार्पेटको जुन भागमा फोहोर लागेको छ, त्यहाँ आइस दल्नु पर्छ। आइसको टुक्रा पग्लिसके पछि कार्पेट झार्नु पर्छ। त्यसरी तपाईं फोहोर भएको कार्पेटलाई सफा र नयाँ बनाउन सक्नुहुन्छ।
कफी पट चम्कानको लागिः
सिसाको कफी पटमा कफीजति रिफ्रेशिङ बन्छ, त्यति नै कफी स्टेन फोहोर हुन्छ। रगडेर सफा गर्दा पनि यी दागहरु जाँदैन। त्यस्तो स्थितिमा आइसको प्रयोग उपयुक्त हुन्छ। आइसको प्रयोग गरेर तपाईं आफ्नो कफी पट नयाँ जस्तै गरेर चम्काउन सक्नु हुन्छ।
होम मेड एसीको लागिः
तपाईं आइसको सहयोगले एसी बिना नै घरमा नै एसीको मजा लिन सक्नु हुन्छ। एउटा कचौरामा आइस राखेर टेबल फ्यान नजिक राखिदिनुहोस् र टेबल फ्यान खोलिदिनुहोस्, त्यसो गर्दा तपाईंले शितलताको अनुभव गर्न सक्नु हुन्छ।
यसरी तपाईं आइसको प्रयोग घरको विभिन्न फरक फरक समस्याहरुको समाधानको लागि गर्न सक्नु हुन्छ। आइसको प्रयोगले तपाईंको समस्यालाई हटाउन सहयोग र काम गर्न सजिलो पनि हुन्छ। यसरी घरको समास्याहरु हटाउनको लागि आइसको प्रयोग गर्दा खर्च पनि हुँदैन।