काठमाडौं – फलफुलहरुमा अम्बाको कुरा गर्नु पर्दा अम्बामा भएको चिसोपना हुने भएकोले यसको सेवन गर्दा हामीलाई शितलता महसुस हुन्छ। मौसम अनुसारका सबै फलफुलको आफ्नै स्वाद र विशेषता हुन्छ। फलफुल सेवनले हाम्रो शरीरमा विभिन्न किसिमका भिटामिन प्रदान गर्छ।
त्यसमा समावेश भएको लाइकोपीन नामक फाइटो न्यूट्रीएन्टले क्यान्सर र ट्यूमरको खतराबाट पनि बचाउँछ। त्यसमा पाइने भीटा केरोटीनले छाला सम्बन्धि समस्याहरुलाई हटाउँछ। अम्बामा पर्याप्त मात्रामा फाइबर हुन्छ, जुन डायबिटीजको रोगीका लागि फाइदाजनक हुन्छ।
पेट सम्बन्धि रोगहरुका लागि अम्बाको सेवन अति उपयोगी हुन्छ। अम्बा भिटामिन सीले परिपुर्ण हुन्छ। यसले मेटापोलिज्मलाई राम्रो बनाउने भएकोले शरीरमा कोलेस्ट्रोलको स्तरनियन्त्रित हुन्छ। थाइराइड कम गर्नका लागि पनि चिकित्सकले अम्बाको सेवन गर्न सल्लाह दिन्छन्।
अम्बामा समावेश भएको पोटासियम र म्याग्नेसियम मांसपेशीहरु र मुटुलाई बलियो बनाउन र यिनीहरुसंग सम्बन्धित धेरै रोगहरुबाट बचाउन पनि सहयोग र्पुयाउँछ।
अम्बाको सेवनबाट स्वास्थलाई के–कस्तो फाइदा हुन्छ भन्ने बारेमा केही जानकारीहरुः
-आँखा सुन्निएको छ भने, अथवा आंँखाको तल कालो दाग छ भने, अम्बाको पात पिँधेर लगाउनाले आँंखाको कालोपना कम हुन्छ।
-यदि तपाईंलाई कब्जियतको समस्या छ भने बिहान खाली पेटमा पाकेको अम्बा सेवन गर्नाले कब्जियतको समस्या कम हुन्छ।
-सास गन्हाउने समस्या छ भने, अम्बाको कमलो पात चपाउनाले सास गन्हाउन कम हुनुका साथै दाँतको दुखाइमा पनि राहत प्रदान गर्छ।
-झाडापखाला लागेको छ भने अम्बाको पातको रस निकालेर त्यसको केही थोपा एक कप मन तातो पानीमा मिलाएर खानाले झाडापखाला निको हुन्छ।
-यदि बाल–बालिकाको पेटमा किराहरु पर्ने समस्या छ भने पनि अम्बाको सेवनले तुरुन्त फाइदा र्पुयाउँछ।
-एक लीटर पानीमा १०–१५ वटा अम्बाको पात हालेर १५ मिनेटसम्म उमाल्नुहोस्, चिसो भएपछि त्यसलाई छानेर कपालको जरामा लगाउनाले कपाल र्झन रोकिन्छ। यसबाहेक यसको नियमित प्रयोगले कपाल सुन्दर, बलियो र चम्किलो हुन्छ।
-अम्बालाई बिरे नूनसंग खाँदा पाचन सम्बन्धि समस्या हट्छ, अम्बालाई पाचन क्रियाको लागि उपयुक्त फल मानिन्छ।
-महीनावारीको क्रममा पेट दुख्ने समस्या भएकाहरुका लागि पनि अम्बा फाइदाजनक छ। यस्तो समस्या भएका महिलाहरुले दिनहुँ ६ मिलीग्राम अम्बाको रस सेवन गर्नाले पीडा कम हुन्छ।
-यसबाहेक अम्बाको पातको रस पिउनाले पनि महिनावारीमा हुने अन्य समस्याहरुबाट पनि राहत प्राप्त हुन्छ।
-बान्ता हुने समस्यामा पनि अम्बाको पात फाइदाजनक हुन्छ।
-एउटा अध्ययनका अनुसार डिप्रेसनको समयमा अम्बाको सेवन उपयोगी हुन्छ। अम्बामा पर्याप्त मात्रामा म्याग्नेसियम हुन्छ, जसले तनाव र चिन्ता कम गर्न महत्वपूर्ण भूमिका निभाउँछ।
-प्राकृतिक सुन्दरता पाउनको लागि पनि अम्बाको सेवन उपयुक्त हुन्छ, यदि तपाईं नियमित रुपमा अम्बाको सेवन गर्नु हुन्छ भने तपाईंको छाला सुन्दर, चम्किलो र आकर्षक हुन्छ।
-अहिले डेंगुको माहामारीले सबै आतंकित भएका छन्। यस्तो स्थितिमा अम्बाको पातको प्रयोग लाभदायक हुन्छ।पाँच कप पानीमा अम्बाको दश वटा पात हालेर पानी तीन कप हुने समयसम्म पकाउनुहोस्। त्यसलाई चिसो बनाएर डेंगु भएका व्यक्तिलाई दिनमा तीन पटक एक–एक कप गरि पिउन दिनुहोस्।
-मुखमा छाला निस्केको छ भने, अम्बाको पात चपाउनाले आराम प्राप्त हुन्छ।
-यदि तपाईं नियमित रुपले अम्बाको सेवन गर्नु छ भने, तपाईंको ब्लड प्रेसर सन्तुलनमा रहन्छ। अनुहारमा चाउरीपना आउन र अनुहार सम्बन्धि अन्य समस्याहरुबाट पनि बचाउँछ।
-तपाईंलाई पित्तको समस्या छ भने, अम्बाको सेवन लाभदायक हुन्छ।
-एउटा अध्ययनका अनुसार अम्बाको पातको चिया बनाएर नियमित रुपले तीन महिनासम्म पिउनाले शरीरमा समावेश भएको कोलेस्ट्रोल कम हुन्छ साथै ट्राइग्लिसराइड पनि कम हुन्छ।
-दिनहुँ अम्बा खानाले रुघा–खोकी जस्ता मौसमी रोगहरु समेत कम हुन्छन्।