काठमाडौं– लामो समय एकै स्थानमा बस्नु भनेको लामो समय एकै स्थानमा गतिहीन बस्नु शरीरका लागि खतरनाक हुन्छ, घटाउनु बराबर रहेछ। हालै प्रकाशित एक सोधले यस्तै तथ्य सार्वजनिक गरेको छ। यो तथ्य ब्रिटिश मेडिकल जर्नलले प्रकाशित गरेको हो।
उक्त अध्ययनमा भनिएको छ, एकै स्थानमा ९ घण्टा बढी समय बिताउनु भनेको मृत्युको खतरा बढाउनु हो। लामो समय एकै स्थानमा बस्ने र शारीरिक गतिबिधि क मगर्नेहरुको मृत्यु चाडै हुनेगर्छ। तपाईंको कामको प्रकृति कस्तो छ, एकै ठाउँ बसेर काम गर्नुहुन्छ वा उठेर, धेरैजसो पेशा–व्यवसाय गर्नेहरु एकै ठाउँ बसेर आफ्नो काम गरिरहेका हुन्छन्।
कतिको कामको प्रकृति नै बसेर गर्नुपर्ने हुन्छ भने कतिपय चाहि अल्छी भएर लामो समय एकै स्थानमा बस्ने गछन्। यस अध्ययनले के पनि भनेको छ भने यदि तपाईं २४ मिनेट नियमित रुपमा तिब्र गतिमा हिँड्नुहुन्छ भने यस खतराबाट पार पाउन सक्नुहुनेछ।
के भन्छ रिसर्चः
यस रिसर्चका अनुसार धेरै लामो समयसम्म एकै स्थानमा बसेर काम गर्नेहरुको शारीरिक स्वास्थ्य कमजोर हुन्छ। एक दिनमा ९ घण्टाभन्दा बढी लामो समय एकै स्थानमा बसेर काम गर्नु भनेको मृत्युको नजिक पुग्नु हो । अक्सर बसेर काम गर्नेहरु खाना खाने समयमा आधा घण्टाजति उठ्ने वा यताउता गर्ने गर्छन्।
बाँकी समय भने निस्क्रिय रहन्छन। जबकि यति लामो समय एकै स्थानमा गतिहीन बस्नु शरीरका लागि खतरनाक हुन्छ, चिकित्सक भन्छन् यदि तपाईं बस्ने प्रकृतिको रोजगारीमा हुनुहुन्छ भने एक, डेढ घण्टामा उठेर थोरै यताउता हिड्ने गर्नुहोस्। शरीरलाई चलाउने गर्नुहोस्।
विश्व स्वास्थ्य संगठनको चेतावनीः
विश्व स्वास्थ्य संगठन अर्थात डब्ल्यु एच ओले पनि यसअघि आफ्नो गाइडलाइन जारी गरिरहेको छ। त्यस अनुसार हरेक व्यक्तिका लागि सप्ताहमा कम्तिमा एक सय पचास मिनेट व्यायाम गर्नु एकदम जरुरी छ।
बर्षदेखि ६४ बर्षसम्मको उमेरमा हरेक व्यक्तिले २५ देखि ३० मिनेटसम्म व्यायाम गर्नैपर्छ। यस अन्तर्गत तपाईं पैदल हिँड्न सक्नुहुन्छ, जगिङ गर्न सक्नुहुन्छ, प्राणायाम गर्न सक्नुहुन्छ, यसैगरी तपाईं घरको सानोतिनो काम गरेर पनि शरीरलाई सक्रिय तुल्याउन सक्नुहुनछ। जस्तो भाँडावर्तन माझ्ने, खाना पकाउने, झाडु लगाउने, सागसब्जी केलाउने आदि।
वैज्ञानिकको जरुरी कुराः
ब्रिटिश मेडिकल जर्नलमा छापिएको यस अध्ययनमा शोधकर्ताले बताए कि सुत्नु बाहेक यदि तपाईं ९ घण्टाभन्दा बढी एकै स्थानमा बस्नु वा सुत्नुहुन्छ भने तपाईंको जिन्दगी कम हुनेछ। यो रिसर्च नर्वेको नर्वेजियन स्कुल अफ स्पोर्ट साइन्स इन ओस्लोद्वारा गरिएको हो।
यस रिसर्चका लागि एक्सेलोमिटर्सयुक्त स्मार्ट वाचको मद्दत लिइएको थियो। यस रिसर्चमा ३६ हजार ३ सय ८३ जना सामेल गरिएको थियो, जसको उमेर ४० देखि ६२ को बीचमा थियो।
यस रिसर्चका लागि यी सबै व्यक्तिको डाटा लगभग ६ बर्षसम्म संकलन गरिएको थियो। रिसर्चका क्रममा जो व्यक्ति एकदमै निस्क्रिय रहन्थे र दिनभर बसिरहन्थे त्यसमध्ये २ हजार १ सय ४९ जनाको मृत्यु भयो।