काठमाडौं – कागती पानी खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। तर, कागती पानीको धेरै प्रयोग गर्नाले एसिडिटी बढ्ने, मुटुको जलन र एसिड रिफलक्स जस्ता समस्याले सताउने गर्छ। चिकित्सकहरुले समेत विभिन्न स्वास्थ्य सम्बन्धी समस्या न्यून पार्न कागती पानी खान सल्लाह तथा परामर्श दिन्छन्।
तर, कागती पानी खानु केही व्यक्तिहरुका लागि भने खतरा हुने गर्छ। स्वास्थ्यमा के कस्ता समस्या हुँदा कागती पानी नखाने,जस्तैः
मुटुका रोगीहरुः मुटु सम्बन्धी रोग भएका व्यक्तिले कागती पानी खानु उचित हुँदैन। यसमा एसिडको मात्रा धेरै हुन्छ। त्यसकारण मुटुका रोगीहरु कागती पानीबाट टाढा बस्नु नै फाइदा हुन्छ।
डाइबेटिज र पत्थरीको सर्जरी गरेको व्यक्तिः कागती पानीले छिटो पिसाब लाग्ने हुँदा पत्थरीको सर्जरी गरेका व्यक्तिहरुलाई कागती पानीले समस्या पार्छ। डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्तिलाई कागती पानी निकै घातक हुन्छ।
कफ र पित्तको समस्या भएको व्यक्तिः कागती पानीले कफ र पित्त बढाउँछ। कफ र पित्तको समस्या भएको व्यक्तिले कफ र पित्त बढाउने सम्भावना धेरै हुन्छ। कागती पानी पिउने बानीले आफ्नै शरीरलाई ठुलो समस्यामा पार्छ। स्वस्थ र व्यस्त रहन अत्यधिक कागती पानी पिउनबाट टाढा रहनुपर्छ।
अल्सर भएका व्यक्तिः अल्सर भएका व्यक्तिहरुका लागि पनि कागती पानी घातक बन्न सक्छ। त्यसैले यस्ता व्यक्तिले कागती पानी नखानु राम्रो हुन्छ। पेट दुख्ने र पोल्ने समस्याले अल्सरलाई झन मलजल गर्छ। यसले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँछ।
दाँतको समस्या भएको व्यक्तिः कागती पानी धेरै पिउनाले दाँतको इनामेल नष्ट भई टुक्रिने, फुट्ने र सेन्ट्रिभेट बढ्न सक्छ। दाँतको समस्या भएका व्यक्तिहरुले कागती पानी पिउन हुँदैन्।
आफ्नो शरीरले खप्न सक्ने जति मात्र कागती पानी पिउन सकिन्छ। त्यस्तै पिसाबसँग सम्बन्धित समस्या भएको व्यतिले कागती पानी पिउन उचित नहुने चिकित्सकहरु बताउँछन।
विशेषज्ञका अनुसार कागतीमा पाइने एसिड र मानव शरीरमा पाइने एसिड मिश्रण हुँदा अझै स्वास्थ्य बिग्रने सम्भावना धेरै हुन्छ। त्यसैले अधिक मात्रामा कागती पानीको सेवन स्वास्थ्यका लागि खतरा बन्न सक्छ।