काठमाडौं– महिनावारी भएको समयमा तल्लो पेटमा दुखाइ हुनु सामान्य नै मानिन्छ। तर, कुनै महिलालाई हरेक महिना महिनावारीको समयमा अत्यधिक दुखाइ हुने गर्छ।
कुनै महिलाहरु महिनावारीको समयमा दुखाई र रगत बगेको कारण ओछ्यानमा नै पर्छन्। अनुसन्धानकर्ताहरुले भर्खरै एउटा अनुसन्धानबाट महिनावारीको समयमा आउने विभिन्न समस्याका कारण हरेक महिलाले वर्षमा ९ दिन काम गर्न नसक्ने खुलेको छ।
१५ देखि ४५ वर्ष बीचका महिला
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित उक्त अध्ययनमा उल्लेख भएअनुसार नेदरल्याण्डका १५ देखि ४५ वर्ष बीचका महिलाहरुमा अध्ययन गरिएको थियो। उनीहरुलाई महिनावारीको समयमा देखिने गम्भीर लक्षण र महिनावारीमा हुने दुखाइका कारण अपिस जान नसक्ने हिड् डुल गर्न गाह्रो हुने बताएकाछन्।
तर जुन महिला महिनावारीको दुखाइ लिएर नै अफिस जाने गर्छन् उनीहरुले गर्ने कामको प्रतिफल कम हुने पाइएकोछ। अनुसन्धानकर्ताका अनुसार महिनावारीमा काम गर्ने महिलाले गर्ने कामको प्रतिफल ३३ प्रतिशत कम पाइएकोछ। जुन हरेक वर्षमा ९ दिन काम गर्न नसक्नु बराबर हुन आउँछ।
३ प्रतिशतले लिन्छन् छुट्टी
करिब ३ प्रतिशत महिलाले हरेक पटक महिनावारीको समयमा बिदा बस्ने गरेको पाइएको छ। २१ वर्ष भन्दा कम उमेरका महिलाले काममा छुट्टि धेरै बसेको पाईछ।
गम्भीर दुखाइ
महिलाहरुले महिनावारीको समयमा आराम भइदियोस्, भन्ने चाहान्छन्, किन भने महिनावारीको दुखाइ हृदयघात जस्तै खतरनाहक हुन्छ भन्ने बताइन्छ।