काठमाडाै- थाहा पाउँदा अचम्म लाग्ला तर भेन्टामा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ र यसले तपाईंको रोग प्रतिरोधी क्षमतालाई पनि वृद्धि गर्छ। यसले शरीरमा विभिन्न कमीको पूर्तीसमेत गरिरहेको हुन्छ। भेन्टा जुनसुकै रुपमा खाँदा पनि फाइदाजनक हुन्छ। यो सब्जीले स्वास्थ्यमा पुर्याउने फाइदाबारे जानकारी लिऔं।
भेन्टा धेरैलाई मन नपर्न सक्छ तर यसमा विभिन्न आयुर्वे्दिक गुण पनि हुन्छ जुन खानुका विभिन्न फाइदा छन्। विशेषगरी जसले तौल कम गर्न चाहिरहेका छन् र जसलाई निद्रा सम्बन्धि समस्या छ, उनीहरुका लागि भेन्टा कुनै बरदानभन्दा कम छैन।
भन्टाका थुप्रै फाइदाः
भोकलाई नियन्त्रण गर्छ किनभने यसमा फाइबर र बियाँ अत्यधिक हुन्छ जसले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ।
भेन्टामा निकै कम क्यालोरी हुन्छ। एक कप पाकेको भन्टामा ३५ क्यालोरी मात्र हुन्छ। यसमा पानीको मात्रा पनि अत्यधिक हुन्छ त्यसकारण यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ।
धेरैजसो मध्य–पूर्वी र इटालियन व्यञ्जनमा भन्टा समावेश गरिएकै हुन्छ। यो एरोबिन (बोक्रासहित) भएकाले अत्यधिक स्वास्थ्यवर्धक मानिन्छ।
यसले आयुर्वेद औषधीको रुपमा पनि काम गर्छ। यसले अनिद्रा र निद्रासम्बन्धि समस्यालाई ठिक गर्छ।
अनुसन्धानबाट पत्ता लागेअनुसार भन्टाले खराब कोलेस्ट्रोललाई कम गर्छ।
भेन्टाले मधुमेहलाई नियन्त्रित गर्न र रोक्न निकै सहयोगी भूमिका निर्वाह गर्छ। यसमा पाइने उच्च फाइबर र कार्बले विशेषगरी सहयोग गर्छ।
चुकन्दर, ब्लूबेरी, प्लम र भेन्टालगायतमा एन्थोसायनिन रंग प्रदान गर्ने विशेषता हट्दैन्, धेरैजसो प्याजी रंगयुक्त सब्जी र फलमा हुन्छ।
भेन्टामा कोलेस्ट्रोलको मात्रा लगभग शून्य हुन्छ त्यसकारण यो तौल कम गर्ने कोसिस गर्नेहरुका लागि पनि निकै फाइदाजनक हुन्छ।
भेन्टामा आइरन र क्याल्सियम पनि अत्यधिक हुन्छ। यो रक्तअल्पत्ता रोगीका लागि पनि निकै फाइदाजनक हुन्छ। साथै हड्डीको स्वास्थ्यका लागि पनि यसले सकारात्मक प्रभाव पारिरहेको हुन्छ।