काठमाडाै- मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ।आउनोस, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरुबारे जानीराखौं ।
ल्वाङ
ल्वाङमा कार्यो्फिलिन पाइन्छ, रगतमा ल्वाङमा पाइने त्यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरु, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।
बेसार
बेसारलाई चमत्कारी खानकुरा मानिन्छ। बेसारले शरीरभित्र रहेका जुकाहरु लगायत अन्य विभिन्न परजीविहरुलाई मारेर शरीरबाट बाहिर निस्कासन गर्न मद्दत गर्छ।
लसुन
ताजा लसुनमा एलिसिन पाइन्छ। यो एलिसिन प्राकृतिक रुपमै पाइने त्यस्तो प्रभावशाली एन्टिबायोटिक्स हो, जसले २० किसिमका व्याक्टेरियाहरु, ६० किसिमका ढुसी र केही खतरनाक भाइरसहरुलाई समेत मारिदिन्छ।
फर्सीको बियाँ
बियामा क्युकुरविटासिन पाइन्छ। यसमा पनि प्रतिजैविक तत्त्वहरु पाइन्छ। त्यसले शरीरमा भएरका परजीविहरु र तथा तिनका लार्भाहरुलाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ।
अदुवा
शरीरभित्र रहेका जुका लगायतका परजीविहरुलाई मार्नको लागि अदुवा पनि एउटा प्रभावकारी खानेकुा हो। यसले आन्द्राको संक्रमणबाट हामीलाई बचाउँछ र आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्याउँछ।
मेवाका दाना
मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवि एवं जुकाहरुलाई मारिदिन्छ।