काठमाडौं – गाँजाको सदुपयोग भन्दा धेरै दुरुपयोग गरिएको हुँदा पनि नेपालमा गाँजा खेतीलाई सकारात्मक रुपमा प्रयोग गर्न सकिएन। तर गाँजालाई नेपालमा परम्परादेखि नै आर्युवेदिक औषधीको रुपमा प्रयोग हुँदै आएको छ। नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश हो।
तर गाँजा लागू औषधमा पर्ने भएको हुँदा विभिन्न जिल्लामा लगाईएको गाँजा खेतीलाई सरकारले नष्ट गर्ने गरेको छ। अन्य देशहरुमा गाँजालाई क्यान्सरको औषधीको रुपमा पनि प्रयोग गरिन्छ। र गर्न सकिन्छ, भन्दै आईरहेका छन्। नेपालीको परम्परागत ज्ञान धेरै देशहरुले अपनाउन थालिसके।
यस्तै भारतमा बाबा रामदेवको कम्पनीले गाँजाजन्य औषधीका बारेमा अध्ययन अनुसन्धान थालेकोछ।
भारतमा पनि गाँजा प्रतिबन्धितछ। तर औद्योगिक व्यबसायको लागि इजाजत लिएर उत्पापदन गर्न सक्ने व्यबस्थाछ। प्रतिबन्ध लगाउनुभन्दा पहिला नेपालमा पनि आर्युवेदिक औषधिमा गाँजाको प्रयोग हुने गर्थ्याे
तर आजभोलि आर्युवेदिक औषधिमा गाँजाको प्रयोग रोकिएको स्थिति छ। आयुर्वेदका अनुसार गाँजालाई दुखाई कम गर्ने , श्वासप्रश्वास, दम, खोकी, पाचन प्रक्रिया सम्बन्धी समस्याहरुमा औषधिको रुपमा गाँजाको प्रयोग गर्न सकिन्छ। नेपालमा पनि सोही अनुसार औषधिमा गाँजा निश्चित मात्रामा राख्ने गरिन्थ्यो भन्ने कुरा जानकारहरु बताउँछन्।
गाँजाले निम्त्याउँछ मानसिक समस्याः
नेपालका केही आर्युवेदिकऔषधि उत्पादकहरुले गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने जनाएका छन्, तर गाँजालाई प्रयोग भन्दा पनि दुरुपयोग गरेको हुँदा अहिले प्रसादको रुपमा प्रयोग गरिन्छ। कतिपय समस्याहरुमा गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने भए पनि मात्रा मिलाउन नसक्दा धेरै हदसम्म स्वास्थ्यलाई वेफाइदा पुर्याउँछ।
शरीरलाई पीडा भइरहेको समयमा गाँजालाई प्रयोग गर्नुपर्छ भन्नेहरुको जमात अझै नेपालमा छन् तर स्वास्थ्यको हृष्टिकोर्णले हेर्ने हो भने गाँजाले धेरै हदसम्म वेफाइदा नै गर्छ। मादक पदार्थ थोरै खाए स्वास्थ्यको लागि फाइदाजनक हो भने जस्तै गाँजा निश्चित मात्रामा खाँदा स्वास्थ्यको लागि फाइदा नै गर्छ भन्ने मानिन्छ।
बेलामा गाँजा प्रयोग गर्दा केही हदसम्म आराम महसूस भए पनि धेरै मात्रामा वा लामो समयसम्म त्यसको प्रयोग गर्दा त्यस्ता व्यक्तिमा मानसिक समस्यासँगै भ्रम सिर्जना हुने जस्ता विभिन्न समस्याहरु निम्त्याउँछ।
गाँजा आयुर्वेद औषधिमा रोकः
गाँजालाई नेपालमा परम्परागत रुपमा लामो समयदेखि प्रयोग गर्दै आइरहेकोछ। जसले गर्दा नेपालमा उत्पादन हुने आयुर्वेद औषधिमा प्रयोग गरिन्थ्यो ।
श्वासप्रश्वास, दम, खोकी, दुखाइ कम गर्ने, पाचन प्रणाली सहज बनाउनेलगायतको औषधिमा गाँजा प्रयोग गरिन्थ्यो । तर सरकारले गाँजा औषधिमा प्रयोग गर्न प्रतिबन्ध लगाएको हुँदा अहिले कुनै पनि औषधिमा गाँजा प्रयोग गरिएको छैन।
लागू औषध (नियन्त्रण) ऐन २०३३ दफा ४ (क) ले गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न बिक्री–बितरण गर्न निकासी वा पैठरी गर्न, ओसार–प्रसार गर्न, संचय गर्न वा सेवन गर्न पाउने छैन भन्ने व्यबस्था गरेकोछ।