काठमाडौं– बास्तु दोष भयो भने घरपरिवारमा आर्थिक संकटसम्बन्धी समस्याहरु आउने गर्छ। त्यतिमात्र होइन पारिवारीक माहोल पनि खटपट हुने, सधैँ असफल हुने कारण पनि बन्न सक्छ।
बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ। यसका साथै आर्थिक रुपमा हानी नोक्सानी हुने गर्छ। यति मात्र होइन घरमा भएका अनावश्यक टुटेका फुटेका सामानले मानसिक तनावको कारण पनि बन्ने गर्छ।जस्तैः
घडीः
बास्तुको अनुसार घरमा चल्न छोडेको वा बिग्रिएको घडी घरमा राख्नु अशुभ मानिन्छ। यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ साथै, यसले घरमा नकारात्मक उर्जा पनि फैलाउँछ।
ऐनाः
फुटेको, चर्केको वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दोष हाे। यसले घरमा नकारात्मक उर्जा सक्रिय गराउँन मद्दत गर्छ। जसले गर्दा परिवारको सदस्य मानसिक तनावको सामाना गर्नुपर्छ।
भाँडाकुँडाः
भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ।
खाट/पलङः
यदि तपाईंको वैवाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनुहुँदैन। यदि सुत्ने विस्तारा भाँचिएको छ वा टुटेको छ भने वैवाहिक जीवनमा तनाव सिर्जना हुन्छ।
ढोकाः
घरभित्र छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ। यसबाट घरमा नकारात्मक उर्जा गर्छ
तस्बिरः
घरमा राखिएको तस्बिरका फ्रेम पनि फुटेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ। च्यातिएको र यस्ता फुटेका तस्बिर राखेमा घरमा परिवारकोबीचमा मतभेद पैदा हुन्छ।
फर्निचरः
बास्तुको अनुसार घरमा टुटेफुटेका फर्निचर राख्दा अशान्ति फैलन्छ।