काठमाडौं – वर्षा याममा कपाल झर्छ भनेर धेरैले ले अनुभव गर्नु भएकोे होला। यो भनाई नेपालमा मात्र नभई भारतमा पनि प्रचलित रहेछ, वर्षायाममा कपाल धेरै झर्ने कुरामा कत्तिको वास्तविकता छ।
वर्षायाममा कपाल धेरै झर्ने भन्ने एउटा भ्रम मात्र हो। तपाईंले आफ्नो स्क्याप टाउकोको त्यो हिस्सा जहाँबाट कपाल उम्रन्छन् सफा राख्नुपर्छ। तपाईं यदि व्यायाम गर्नुहुन्छ, भने केमिकल धेरै नभएको स्याम्पुले दैनिक नुहाउनुहोस्।
धेरैजसो मानिस दिनदिनै नुहाउँदैनन्। कपाल जरामा बढ्छ, एउटा जरा यस्तो पनि हुन्छ, जब कपाल झर्छन् अलि बढि नै, त्यतिबेला मानिसहरुले कपाल बढी झरिरहेको महसुस गर्छन्। कुनै स्याम्पु वा कन्डिस्नर को कारण कपाल झरेको हो कि भन्ने शंका गरिन्छ।
जबसम्म कुनै स्याम्पु वा कन्डिसनरले तपाईंलाई एलर्जी भएको छैन, तपाईंको टाउकोको छाला पोल्नेलगायतका समस्या छैन भने कुनै समस्या छैन। वर्षायाममा कपाल धेरै झर्ने भन्ने एउटा भ्रम मात्र हो, तपाईंले आफ्नो स्क्याप टाउकोको त्यो हिस्सा जहाँबाट कपाल उम्रन्छन् त्यसलाई सफा राख्नुपर्छ।
तपाईं यदि व्यायाम गर्नुहुन्छ भने केमिकल धेरै नभएको स्याम्पुले दैनिक नुहाउनुहोस्।आफ्नो कपाल अनुसार स्याम्पु छान्नुहोस्। आफ्नो खानपानलाई ध्यानमा राख्नुहोस्। भिटामिन र प्रोटिनको कमी हुनु हुँदैन, भिटामिनको कमी भयो भने कपाल धेरै टुक्रिन्छ।
विशेषगरी महिलाले यसबारे विशेष ध्यान दिनुपर्छ, किनभने उनीहरुको शरीरमा थोरै पनि भिटामिनको कमी भयो भने कपाल तुरुन्त झर्न थाल्छ। त्यसकारण कपाल झर्नुमा मौसमको कुनै दोष नहुने बुझ्नु पर्छ।